काठमाडौं– नुवाकोटमा माघेसंक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता गरी मनाइएको छ ।
नुवाकोटको तारकेश्वरगाउँपालिका ३ तारुको चन्दनीमा १७ हल गोरु, पञ्चकन्यागाउँपालिका ३ पीपलडाँडामा ८ हल, शिवपुरीगाउँपालिका ५ शेराबगरमा ४ हल र विदुरनगरपालिका १० बेत्रावतीमा ९ हल गोरु जुधाइएको छ ।

ती सबै स्थानमा गरी नुवाकोटमा ३८ हल गोरु जुधाइएको छ । गोरु जुधाई कहिलेबाट सुरुवात भएको भन्ने सम्बन्धमा एकिन मत ईतिहासकै गर्भमा रहेको बताइन्छ ।

तारुकामा तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको समयमा मनोरन्जनका लागि त्यहाँ केही हल गोरु जुधाएको बताइन्छ भने विदुरनगरपालिका १० स्थित बेत्रावतीमा बेत्रावती सन्धीपछि गोरु जुधाएर गिर खेलेको बताइएको छ ।

अन्य स्थानमा मनोरन्जनको रुपमा गोरु जुधाई आयोजना गरिएको बताइएको छ । गोरु जुधाईमा फरक शैली भन्दा परम्परागत रुपमा प्रतियोगिता आयोजना गरिएको छ । आधुनिक कृषि प्रणाली तर्फ ढल्किएको बेला गोरु पाल्ने र जोत्ने क्रम घट्दै गएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !