काठमाडौं– देशभरका मगर र थारु समुदायले माघी पर्व मनाएका छन् ।

सोमबार माघे संक्रान्तिको दिन काठमाडौंको टुँडिखेलमा मगर र थारु समुदायले माघी विशेष मेला आयोजना गरी माघी पर्व मनाएका हुन् । माघीको अवसरमा काठमाडौंको बसन्तपुर दरबार क्ष्ँेत्रबाट विभिन्न झाँकीसहितको र्याली निकालेर टुँडिखेलसम्म आएको थियो ।

माघी पर्वमा थारु समुदायले पकाइने परिकार भेषभुषा सहितको पहिरनले झकिझकाउ बनाएको थियो । उनीहरुले ढिक्री, घोंगी, माछा र गँगटाजस्ता परिकार पर्वको अवसरमा टुँडिखेलमा राखेका थिए ।

त्यसैगरी मगर समुदायले पनि आफ्नो परम्परागत झाँकी सहित नृत्य प्रस्तुत गरेका थिए । माघीको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल टुँडिखेल सरिक भएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल