काठमाडौं–विरामी तथा घाइतेले रगतको अभावमा कालमै ज्यान बचाउने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले कोष अभियान थालेको छ ।
सोमबारबाट गेर्खुटार उपशाखाबाट अभियान थालेको हो । जिल्ला शाखाले १ करोड रुपैयाँको कोष अभियान स्थापना गरी संचालन गर्न लागेको हो ।
त्यसका लागि मानवीय सेवाको आवश्यकता पर्ने भएकाले सहयोगी हात बढाएको जिल्ला शाखाकाका सभापति हरि श्रेष्ठले बताए ।
कोष अभियान अन्तर्गत तारुका उपशाखाले माघेसक्रान्ति मेलामा संचालन गरेका अभियानमा १९ हजार ४५ रुपैया जम्मा भएको जिल्ला शाखाले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !