काठमाडौं–राजा ज्ञानेन्द्र शाहले रौतहटको गरुडानगरपालिकामा रहेको शिवनगरस्थित महादेव मन्दिरमा मंगलवार पूजाअर्चना गर्नु भएको छ ।

राजावादीको बाक्लो समर्थकका बीच शिवनगर चौकबाट पैदल हिँडेर राजा शाह मन्दिरसम्म पुग्न भई महादेवको दर्शन गर्नु भएको हो ।

पछिल्लो समय राजा शाह मदेशका विभिन्न जिल्लामा रहेका धार्मिक यात्रामा निस्केका हुन् । दर्शन गर्न जाँदा समर्थहरुको भिड लागेको थियो ।

बाराको सिमरामा बस्दै आउनु भएका राजा शाह शिवनगर चौकबाट पैदल हिंड्दै गर्दा समर्थकहरुले राजा आउ देश बचाउ भन्ने नारा लगाएका थिए ।

पैदल हिंडेका उनलाई बाटोको दुवैतर्फ लामवद्ध भएर बसेका नागरिकले फूलमाला लगाई स्वागत गरेका थिए । राजा शाहको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल