काठमाडौँ–प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिने स्वस्थानी व्रत कथा सुरु भएको छ ।
स्वस्थानी व्रत एवं माघस्नान विहिबारदेखि विधिवत् रूपमा सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरी मनाइन्छ ।
स्वस्थानी पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्यान्हकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने परम्परा छ ।
त्यसैगरी विहिबारबाट शालीनदीमा स्वस्थानीको लागि माघ स्नान र व्रत सुरु भएको छ भने भक्तपुरको हनुमानघाटमा पनि बिहीबार बिहानै भक्तजनले माघ स्नान सहित स्वस्थानी व्रत सुरु गरेका छन् । यसरी माघ महिनाभरि माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास रहिआएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !