काठमाडौं–राष्ट्रिय सभामा १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन् भने एकजना एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

कोशी प्रदेशमा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी हुन् । उनले सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई पराजित गरेकी छन्।
कोशी गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् । उनले राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन् । सिटौलाले पौडेलको भन्दा ७ सय ३० धेरै मतभारले जितेका थिए ।
मधेस प्रदेशको २ सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् ।
बागमतीमा सत्ता गठबन्धनकै ४ जना उम्मेदवार विजयी भएका छन ्। महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसकै जितजंग बस्नेत, अपाङ्गतातर्फ माओवादीका कृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् ।
गण्डकीमा गठबन्धनका अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ, महिलातर्फ माओवादीबाट मनरुपा शर्मा र अपाङ्गतातर्फ कांग्रेसका पदम परियार निर्वाचित भएका हुन् ।
लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी भए ।
कर्णालीमा पनि गठबन्धनका ३ जना अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका छन् ।
सुदूरपश्चिममा गठबन्धनकै ३ जना महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका हुन् । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ छ भने प्रदेश सांसदको मतभार ५३ रहेको छ।
सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा बिहान ९ बजे शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । सातै प्रदेशमा प्रदेश सभाका ५ सय ४९ जना प्रदेश सभा सदस्य रहेकामा ५ सय ४६ जनाले मतदान गरेका थिए । त्यसैगरी पालिकाका प्रमुख र उपप्रमुख गरी १४ सय ९७ जना मतदाता रहेकामा १४ सय ८६ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । ३ जना स्वतन्त्र मेयर बालेन्द्र साह, गोपी हमाल र हर्क साम्पाङ राईले मतदानमा भाग लिएनन्् । आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने भएपछि विहिबार निर्वाचन भएको हो ।
माओवादीलाई १ सिटमा गठबन्धन मिल्दा सबै १९ सिट जित्नेमा कोशीमा भोट क्रस भएको थियो ।
कांग्रेसले १०, माओवादीले ५, नेकपा एसले २ तथा एमाले र जसपाले १–१ सिट पाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल