काठमाडौं–५५ मेगावाट क्ष्ँमताको लिखु २ जलविद्युत् आयोजनाले अकस्मात बाँध खोल्दा लिखु नदीको मार्बु दोभानमा जलाईरहेको शव बगाएको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिकामा पर्ने जलविद्युत् आयोजनाको बाँध खोल्दा जलाउँदै गरेको शव बगाएको हो । शनिबार साँझ ६ बजेतिर गुम्देलको बाल्दिङका झपडबहादुर थापाको शव जलाइरहेका बेला उक्त आयोजनाले बाँध खोलेर पानी नदीमा पठाएपछि जल्दै गरेको शव बगाएको मलामी गएका स्थानीय राजेन्द्र बस्नेतले जनाएका छन् ।

जलविद्युत् आयोजनाले बाँध खोल्नु पूर्व सार्वजनिक सूचना जारी गरेरमात्र खोल्नु पर्ने प्रावधान विपरित बाँध खोलिएको थियो । नदीमा पानीको बहाव बढेर लास बगाएपछि मलामीले बाँध खोल्ने जलविद्युत आयोजनाका कर्मचारी सञ्जीव खनाललाई आफ्नो नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाइने मलामीले जनाएका छन् ।

बाँध खोलेर भाग्दै गरेका खनालले मेसिनमा समस्या आएकाले बाँध खोल्नु परेको जनाए । उक्त आयोजनाले केही महिना मात्र व्यवसायिक उत्पादन थालेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल