काठमाडौं–नुवाकोटको विदुर नगरपालिकामा शनिबारदेखि सुरु भएको विदुर मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । सुरुवात्मा म्यागङ गाउँपालिकाले आफ्नो विजयी सुरुवात गरेको छ ।


नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा सम्पन्न भएको खेलमा घरेलु टोली विदुर नगरपालिकालाई पराजित पार्दै म्यागङ गाउँपालिकाले विजयी सुरुवात गरेको हो ।
म्यागङ गाउँपालिकालाई जितको दोस्रो हाफमा जर्सी नम्बर १० का तेजवहादुर घलेले गोल गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन । म्यागङ पहिलो खेलमै विजयी भयो ।

यसअघि पहिलो हाफमा विदुर नगरपालिकाले दुईपटक गोल गर्ने अवसर पाएपनि गोल भएन । समुह सि मा तीन अंक जोड्दै म्यागङ शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको म्यान अफ दी म्याच समेत खेलमा निर्णायक गोल गरेका घले घोषित भए । उनले १ हजार रुपैयाँ नगद प्राप्त गरे ।
प्रतियोगिताको पहिलो विजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए ।

प्रतियोगिताको उद्घाटन संघीय अर्थमन्त्री प्रकाशशरण महतले गरेका थिए ।

प्रतियोगितामा नुवाकोटका २ नगरपालिका र १० गाउँपालिका छन् । प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भनिएपनि दुप्चेश्वर र पञ्चकन्या भने शनिबारसम्म पनि सहभागिता जनाएका छैनन् । प्रतियोगिता माघ २० गतेसम्म संचालन हुने छ ।

आईतवार ३ खेल हुने आयोजनकले जनाएका छन् । पहिलो खेल ककनी गाउँपालिका र लिखु गाउँपालिका बीच खेल हुने छ । दोस्रो खेल बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिकाविच प्रतिष्पर्धा हुने छ । त्यसैगरी अन्तिम खेलमा सुर्यगढी गाउँपालिका र तारकेश्वर गाउँपालिकाका बीच खेल हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल