काठमाडौं–भारतको बिहार राज्यमा नीतिश कुमार मुख्यमन्त्री नियुक्त भएका छन् । उनको यो ९ औं पटक मुख्यमन्त्री बनेका हुन् ।

नेपालसँग सीमा जोडिएको बिहारमा आइतवार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका उनले केन्द्रीय सत्ताधारी भारतीय जनता पार्टीसँग गठबन्धन गरेर आइतवारै पुनः मुख्यमन्त्रीको शपथग्रहण लिएका हुन् ।

भारतमा यसै वर्ष आम निर्वाचन हुँदैछ । त्यहाँ चुनावअघि अनेक दाउपेचहरू भइरहेको बताइएको छ । सत्ताधारी भाजपासँग मुख्य प्रतिस्पर्धामा रहेको भनिएको विपक्षीहरुको गठबन्धनको एउटा महत्वपूर्ण दलको नेतृत्व गर्ने नीतिश कुमारको राजीनामा तरंग आए भने त्यसपछिको उनको नियुक्तिले राजनीतिमा हेर्ने दृष्टिकोणमा फेरबदल रुपमा हेरिएको छ ।

नीतिश कुमारले आइतवार बिहान बिहारको राजभवनमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर राजीनामापत्र बुझाएका थिए । त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको रायका आधारमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दलसँगको गठबन्धनबाट अलग हुने निर्णय गरेको बताए ।

उनीसहित कुल ९ जना मन्त्रीले शपथग्रहण लिएका ३ जना भाजपा, मुख्यमन्त्रीसहित नीतिश कुमारको दलका ४ जना रहेका छन् भने १ जना हिन्दुस्तानी अवाम मोर्चा र १ स्वतन्त्र विधायक मन्त्री बनेका छन् । त्यसैगरी २ जना उप–मुख्यमन्त्री नियुक्त भएका छन् ।

साभारः एजेन्सीहरू

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल