काठमाडौं–नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आइतबार भएको दोस्रो खेलमा बेलकोटगढीनगरपालिका र किस्पाङ गाउँपालिका बीच ३÷३ गोलको बरावरीमा खेलेका छन् ।
समुह बि अन्र्तगत प्रतिष्पर्धात्मक खेलमा लगातार अग्रता बनाएको किस्पाङ गाउँपालिका रक्षात्मक बन्न नसक्दा खेल बरावरीमा सकिएको हो ।
खेलको छैठौँ मिनेटमा गोल गर्दै अग्रता बनाएको किस्पाङले २२ औ मिनेटमा अग्रता लिई दोब्बर बनाएको थियो । तर खेलको ३८ औ मिनेटमा बेलकोटगढी नगरपालिकाले २÷१ को अन्तरमा झारेको थियो । तर खेलको ४३ औ मिनेटमा किस्पाङ गाउँपालिकाले खेललाई ३–१ को अवस्थामा पुर्याए ।
खेलको दोस्रो हाफमा बेलकोगढीनगरपालिकाले पेनाल्टी पाएर गोलमा परिणत गर्दै कप्तान विवश लामाले खेल ३–२ को अवस्थामा पुर्याएका थिए ।
त्यसपछि खेलको ७३ औ मिनेटमा बेलकोटगढीनगरपालिकै विवशले फेरी गोल गरेपछि ३÷३ को वरावरीमा पुर्याए । त्यसपछि खेलमा कुनै गोल भएन ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !