काठमाडौ–गृह मन्त्रालयले तीन जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

मन्त्रालयले मंगलबार सहसचिव रामकृष्ण अधिकारीलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा तोकेको छ । त्यसैगरी मन्त्रालयले बासुदेव दाहाललाई सिराहा पठाइएको छ । त्यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई गृह मन्त्रालयमा तानिएको छ ।

नुवाकोटमा प्रजिअ भई आउन लागेका अधिकारी ११ महिना लमजुङमा कार्यरत थिए । उनी कुशल प्रशासकको रुपमा चिनिन्छन् ।


उनले लमजुङमा सबैसँग समन्वय गरेर विकास निर्माण लगायत सामाजिक कामकारवाहीलाई प्राथमिकता दिएर आएका समस्यालाई सरल रुपमा समाधान गरेर कार्य गरेका थिए ।


नुवाकोटमा कार्यरत प्रजिअ सुरेन्द्र पौडेल सरुवा भएपछि निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सम्हाल्दै आएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल