काठमाडौं–आठौँ नुवाकोट महोत्सव सुरु भएको छ ।

ऐतिहासिक, धार्मिक, कृषि, पर्यटन व्यवसाय र कलासंस्कृतिको विकास, नुवाकोट समृद्धिको निकास भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार महोत्सवको उदघाटन गरेका हुन् । प्रधानमन्त्री दाहालले महोत्सवमा संघव्दारा प्रकाशित नुवाकोट महोत्सव २०८० को स्मारिका विमोचन गरेका थिए ।महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले महोत्सवको शुभकामना दिए ।


त्यसैगरी सघीय सांसद तथा कांग्रेस नेता अर्जुननरसिंह केसी, माओवादीका पूर्वमन्त्री एर्व संघीय सांसद हितबहादुर तामाङ, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा तामाङ, विदुरनगरपालिकाका मेयर राजन श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

स्थानीय उत्पादनको बजारीकरण, पर्यटन, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने नुवाकोट उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

महोत्सवमा विभिन्न नृत्य, लोकदोहोरी, विज्ञानप्रविधि प्रदर्शन लगायतका प्रतियोगिता आयोजना गरिने संघका महासचिव उपेन्द्र बुढाथोकीले बताए ।

महोत्सवमा सरकारी परिचयपत्रको आधारमा ज्येष्ठ नागरिक, अपाङ्ग–अशक्तलाई निःशुल्क प्रवेश दिने भएको ।
महोत्सवमा विभिन्न जातजातिका कलासंस्कृतिका झाँकी, नाच, भजन, भेषभुषा प्रदर्शन गरेका थिए । नेवार समुदायका धिमे बाजा, लाखे नाच, मगरको घाटुनाच तथा सोरठी नाच, किम्ताङको घोडानाच, तामाङको झाँक्रीनाच, लामा नाच, कुमालको भेषभुषा, बाघभैरव समूहको भजन प्रस्तुत गरिएको थियो ।

महोत्सव उद्घाटनको अघि विदुरको इलम प्रशिक्षण केन्द्रबाट विभिन्न झाँकी, व्याण्ड बाजा, धिमेबाजा, महिला समूह, विद्यालयका शिक्षक तथा विद्यार्थी, कराते खेलका खेलाडी तथा प्रशिक्षक, विभिन्न भजन मण्डली, लाखे नाच लगायतले विदुर परिक्रमा गर्दै सभास्थलमा सहभागी भएका थिए ।

महोत्सवमा २५० स्टलहरु छ भने महोत्सव सफल गर्न मूल आयोजक समितिसहित विभिन्न ३० उपसमिति गठन गरिएको छ । महोत्सवमा १ लाखभन्दा बढी अवलोकनकर्ता भित्र्याउने लक्ष्यका साथ महोत्सव आयोजना गरिरहेको छ ।

महोत्वस आगामी फागुन ७ गतेसम्म संचालन हुने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल