काठमाडौं–ऐतिहासिक, धार्मिक, कृषि, पर्यटन व्यवसाय र कलासंस्कृतिको विकास, नुवाकोट समृद्धिको निकास भन्ने नाराका साथ नुवाकोट महोत्सव सुरुवातमा झाँकी निकालिएको छ ।


महोत्सवमा विभिन्न जातजातिका कलासंस्कृतिका झाँकी, नाच, भजन, भेषभुषा प्रदर्शन गरेका थिए । नेवार समुदायका धिमे बाजा, लाखे नाच, मगरको घाटुनाच तथा सोरठी नाच, किम्ताङको घोडानाच,तामाङको झाँक्रीनाच, लामा नाच, कुमालको भेषभुषा, बाघभैरव भजन, व्याण्ड बाजा, महिला समूह, विद्यालयका शिक्षक तथा विद्यार्थी, कराते खेलका खेलाडी तथा प्रशिक्षक, विभिन्न भजन मण्डली, विभिन्न संघसंस्था लगायतले इलम प्रशिक्षण केन्द्र हुँदै विदुर सडक परिक्रमा गरेर सभास्थलमा सहभागी भएका थिए ।


महोत्सव उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । विदुरनगरपालिका ४ विदुरमा संचालन भएको महोत्सव आगामी फागुन ७ गते सकिने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल