काठमाडौं– देशभरका तामाङ समुदायले विविध कार्यक्रम आयोजना सहित हर्षोल्लासका साथ सोनाम ल्होछार मनाएका छन् ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिनदेखि विविध कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।
सोनाम ल्होछार विभिन्न जीवजन्तु मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ती जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने परम्परा रहिआएको छ ।
काठमाडौको टुँडिखेलमा विविध कार्यक्रम गरी ल्होछार मनाइएको छ भने देशका विभिन्न स्थानमा ल्होछार मनाइएको छ । ल्होछारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि शुभकामना दिएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !