काठमाडौं–उपभोक्ताको हकअधिकारका बारेमा प्रशिक्षण दिइएको छ ।

सोमबार विदुरमा आयोजित उपभोक्ता जागरण कार्यक्रममा मार्फत विदुर महिला समाज समूहका पदाधिकारीहरुलाई उपभोग्य वस्तुको उपयोग तथा खरिद विक्रीको बारेमा जानकारी गराइएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबार र राष्ट्रिय उपभोक्ता मंच नुवाकोटको सहआयोजनामा दिइएको उपभोक्ता जागरण कार्यक्रममा उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली ०७६ र अधिकारका बारेमा उनीहरुलाई जानकारी गराइएको हो । आफ्नो कार्यपत्र प्रस्तुत गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शेखरबाबु कार्कीले उपभोक्ताको कानुन प्रदत्त अधिकार तथा दायित्वको सुनिश्चिता गर्नुपर्ने बताए । त्यसैगरी मन्त्रालयका अर्का उप–सचिव होमनाथ भट्टराईले उपभोक्ता ऐन नियमबारे कार्यपत्र प्रस्तुत गर्दै जिम्मेवार व्यवसायी, सचेत उपभोक्ता असल समाज निर्माणका आधार भएको बताए । उनले उपभोक्ताको इतिहासबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्दै कालोबजारी, जम्माखोरी, नाफाखोरी र कृतिम अभाव हुने गरी आपूर्ति व्यवस्थामा अवरोध नगरी प्रचलित कानुनको पालना गर्न पर्ने बताए ।


कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले प्रत्येक घरका भान्छामा प्रयोग गरिने खाद्यवस्तुहरुको प्रयोगात्मक परीक्षण गरेर महिला समूहका पदाधिकारीहरुलाई स्वच्छ वस्तुको उपभोग बारेमा सचेत गराए । उनलेभने,‘स्वच्छ उपभोग्यवस्तुको प्रयोग गरौ, हामीलाई कुनै रोग लाग्दैन । घरबाट नै उपभोक्ता सचेत बन्यो भने कसैले ठग्न सक्दैन ।’


विदुरनगरपालिकाका मेयर राजन श्रेष्ठले गुणस्तरीय वस्तुको उपभोग र मर्यादित तथा अनुशासित व्यवसायी र उपभोक्ता बन्नु पर्ने बताए । उनले नगरबाट दिइने सेवाप्रवाहमा कुनै खालका समस्या भए, आएका गुनासोलाई तुरुन्तै कारवाही थालिने प्रतिवद्धता व्यक्त गरे । उनले उपभोक्ताको लागि छुटै समिति पालिकामा रहेको जानकारी दिए ।


त्यसैगरी महिला समूहलाई बढ्दै गएको वायुप्रदुर्षणलाई न्यूनीकरण गर्न प्लाष्टिकको झोलालाई प्रतिवन्ध गर्न कपडाको झोला प्रदान गरिएको थियो ।

त्यसैगरी आइतबार विद्यालय सम्बन्धी उपभोक्ताको अधिकारका बारेमा दुई विद्यालयका विद्यार्थी तथा शिक्षक र जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबार र राष्ट्रिय उपभोक्ता मंच नुवाकोटको सहआयोजनामा उनीहरुलाई उपभोक्ताको अधिकारको बारेमा जागरुक गराएको हो । नुवाकोटको लिखुगाउँपालिका १ नारायणदेवी मावि र विदुरनगरपालिका २ अशोकवाटीका भैरवी माविका विद्यँर्थीहरु र शिक्ष्ँकहरुलाई उपभोक्ता जागरण कार्यक्रम मार्फत प्रशिक्षित गराइएको थियो ।

राष्ट्रिय उपभोक्ता मंचका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले जबसम्म जनताले यो मेरो अधिकार हो भन्ने भावना जागृत नभएसम्म उपभोक्ता अधिकार सुरक्षित नहुने बताए ।

कार्यक्रममा मंत्रालयका उपसचिव कार्की र भट्टराईले विद्यालयका विद्यार्थी तथा शिक्षक, व्यवस्थापन समिति तथा जनप्रतिनिधिलाई गुणस्तरीय वस्तुको उपभोग र अखाद्य तथा म्याद गुर्जे्रका वस्तुको निकारण गर्ने अधिकारका बारेमा प्रशिक्षण दिएर सचेत गराइएको थियो ।

दुवै विद्यालयका विद्यँर्थीहरुलाई राष्ट्रिय उपभोक्ता मंचका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले विद्यालय झोला प्रदान गरेका थिए ।

कार्यक्रममा मन्त्रालयका रूपेशराज खनाल, देवीप्रसाद पौडेल, यादव निरौला, राष्ट्रिय उपभोक्ता मंचका केन्द्रीय सदस्य तीर्थनारायण महर्जन, मंचका काठमाडौ जिल्ला अध्यक्ष मदन श्रेष्ठ, नारायणदेवी माविका प्रअ हरिप्रसाद लामिछाने, भैरवी माविका प्रअ प्रेमचन्द्र श्रेष्ठ र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामराजा पाण्डे, लिखुगाउँपालिकाका १ का वडाध्यक्ष नरहरि पाण्डे, मंचका नुवाकोट सचिव हरिशरण गजुरेल लगायत सहभागी रहेको कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंच नुवाकोटका अध्यक्ष विष्णुप्रसाद सापकोटाको सभापतित्व रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल