काठमाडौँ– मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले मिटरब्याज पीडितहरुको आँसुले शासकहरुलाई सात पुस्तासम्म पोल्ने बताएका छन् ।

उनले मंगबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान कार्यक्रम काठमाडौको भृकुटीमण्डपमा सुरु गरेका हुन् । उनले पहिलो वार्षिकोत्सव कार्यक्रममा १ लाख नेपालीले बैदेशिक रोजगारीका क्रममा नागरिकता त्यागेको र अब तिनले दुइवटा नागरिकता राख्न पाउनुपर्ने बताए ।
कार्यक्रममा विशेष व्यक्तिका तथा उच्च व्यापारिक क्षेत्रका समुदायले देश डुबाउन लागेको भन्दै नामसहितको भिडियो सार्वजनिक गरेका थिए ।
ढाकाको टोपी र दुबोको माला लगाएर कार्यक्रमको मंचमा बोल्दै प्रसाईंले विदेशका विभिन्न कोठीमा बेचिएर स्वदेश ल्याइएका महिलालाई बचाउने सरकारको आवश्यकता रहेको र तस्करहरुलाई भौतिकरुपमा अपांग बनाएर अस्पतालमा राख्नुपर्ने टट्कारो अवस्था रहेको बताए । यो अभियानले हारेमा नेपालीहरुको राम्रो भन्दा पनि सडकमा पुगिने दावी गरे ।
उनले ७० प्रतिशत काठमाडौंका व्यवसायी पसल बन्द हुने अवस्थामा पुगिसकेको बताए । बैंकहरु नै मिटरब्याजमा परिणत भएको आरोप उनले लगाए ।
आफूले सर्वहारा मान्छे र भुईंमान्छेको आवाज उठाउँदा कालो मोसो दल्न युवासंघलाई चुनौती समेत दिए ।
उनले फागुन ३ गतेदेखि निरन्तर आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताउँदै संघीयता खारेज गर्नुपर्ने, हिन्दूराष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्रियकरण गर्नुपर्ने मागसहित आन्दोलन गर्न लागिएको बताए ।
प्रसाईंले यसअघि गत मङ्सिर ७ गते काठमाडौँको बल्खुमा कार्यक्रम गरेको थियो।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !