काठमाडौं– देशभर हरेक माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ ।
श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ । सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जनविश्वास छ । श्रद्धालुले सरस्वतीको मन्दिरमा पूजा आराधना गरेका छन् ।
बुधबार विद्यालय, विश्वविद्यालयमा अध्ययनरत वा साहित्यकार, पत्रकार, कलाकार, शिक्ष्ँक तथा विद्यार्थीले किताब, कापी, कमल, कुची, वाद्ययन्त्र लगायत अन्य शैक्षिक सामाग्रीलाई पूजा गरेका छन् । आजकै दिनदेखि विद्यालयमा पठाउने साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ ।
श्रीपञ्चमीका दिन सिकाए राम्रो विद्या आर्थन गर्ने धार्मिक जनविश्वास रहिआएको छ । त्यसैगरी तन्त्रसाधनामा रहेको तान्त्रिकहरुले तन्त्र सिद्धिका लागि तारादेवीका रुपमा सरस्वतीदेवीको आराधना गर्ने गर्छन् ।
बुधबार उपत्यकाकाको काठमाडौंस्थित स्वयम्भू, मैतीदेवी र गैरीधारामा रहेको नीलसरस्वती, ललितपुरको लेले, नुवाकोट विनपा २ भैरवीदवीथान छेउमा रहेको सरस्वतीथान, पञ्चकन्या २ मा रहेको नाट्यश्वरी लगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा विद्यार्थी, शिक्षक र अन्यभक्तनले भीड लागेको छ ।
श्रीपञ्चमीको दिनबाट वसन्त ऋतु सुरु हुने गर्छ । श्रीपञ्चमीकै दिन काठमाडौंस्थित हनुमानढोका राजासंस्था समयमा राजाले वसन्तश्रवण गर्थे भने अहिले उक्त दरबारमा राष्ट्रध्यक्ष वसन्तश्रवण गर्छन् । श्रीपञ्चमीकै दिनबाट वर्खा सुरु हुने जनविश्वास छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !