काठमाडौं– प्रदेशस्तरीय ट्राफिक सप्ताह नुवाकोटमा सकिएको छ । सदरमुकाम विदुरमा बुधबार जिल्ला ट्राफिक कार्यालय नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा १७९ वटा जनचेतना मुलक कार्यक्रम गरिएको ट्राफिक कार्यालय नुवाकोट प्रमुख जेजंग काकीले जानकारी दिए ।

यही माघ २५ देखि फागुन २ गतेसम्म नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चित्तवनको आयोजनामा जिल्ला प्रहरी कार्यालय नुवाकोट र यस कार्यालयको संयुक्त रुपमा गरिएको प्रदेशस्तरीय टा«फिक सप्ताह २०८० मा ५४ हजार ५ सय २० जना सहभागी रहेको जानकारी दिइयो ।

जिल्ला प्रहरी कार्यप्रगति विवरण र सप्ताहको उपलब्धी सम्बन्धी २७ विषयवस्तुको जनचेतना कार्य सवारीसाधनको अनुगमन, चालक तथा सहचालक प्रशिक्षण, पहिरिने पोशाक र उनीहरुको स्वास्थ्य परीक्षण, भाडादर अनुगमन, तिव्रगति नियन्त्रण र ओभरटेक सम्बन्धी कार्यक्रमको गरिएको ट्राफिक कार्यालय नुवाकोटले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको अवधिमा नुवाकोटमा १० हजार ८५० वटा कारवाहीमा ९० लाख ६८ हजार रुपैयाँ राजश्व उठेको ट्राफिक कार्यालय नुवाकोटका फाँटवाला तथा प्रहरी हवाल्दार काशीराम थापामगरले जानकारी दिए । ट्राफिक कार्यालय नुवाकोटका अनुसार ५२ वटा सवारी दुर्घटना भएको जनाएको छ ।

त्यसैगरी पत्रकार सम्मेलनमा पक्की सडक निर्माण भइसक्दा पनि कच्चीको भाडादर सार्वजनिक सवारी साधनले लिने गरेको गुनासो गरेका थिए । त्यसलाई यातायात व्यवसायीसँग छिटै बैठक राखेर तोकिएको भाडादर कायम गर्ने प्रतिवद्धता प्रहरी कार्यालय नुवाकोटका सूचनाा अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले जनाए । यसअघि भाडादरको विषयमा ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई सरोकारवालासँग छिटो छलफल गरे टुंग्याउन नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले निर्देशन दिइसकेका छन् ।


समुदाय–प्रहरी साझेदारी कार्यक्रम २०७५ कात्तिक ११ गतेदेखि थालिएको हो । सामुदायिक सुरक्षा अभिवृद्धि गर्ने तथा स्थानीय स्तरमा हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिक र प्रहरीबीचमा सम्बन्ध स्थापित गर्ने यो कार्यक्रमको उद्देश्य रहेको छ । यो उद्देश्य अनुसार हाल ५ सय २८ जना जनशक्ति कार्यरत रहेका छन् भने १ सय ८५ वटा सामुदायिक प्रहरी सेवा केन्द्रहरू प्रत्यक्ष खटिएका छन् ।

देशभर संचालन भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम
देशभर संचालन भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत कुल २० लाख ६२ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् । यस अवधिमा जम्मा १ सय वटा शीर्षकमा देशभर ४९ हजार ३२६ वटा सामुदायिक कार्यक्रमहरू सञ्चालन भएका थिए । नेपाल प्रहरीको कार्ययोजना २०८० र प्रहरी महानिरीक्षकसँग प्रदेश प्रहरी प्रमुखहरूले गरेको कार्य सम्पादन सम्झौता अनुसार यी कार्यक्रमहरू भएका थिए ।


सो अवधिमा काठमाडौं उपत्यकामा २ हजार ७०७ वटा, कोशी प्रदेशमा १४ हजार ४३१ वटा, मधेश प्रदेशमा ५ हजार २२७ वटा, बागमती प्रदेशमा ३ हजार ८७८ वटा गण्डकी प्रदेशमा ९ हजार ७२५ वटा, लुम्बिनी प्रदेशमा ३ हजार ९४१ वटा, कर्णाली प्रदेशमा २ हजार ८३६ वटा र सुदूरपश्चिम प्रदेशमा ६ हजार ५८१ वटा सामुदायिक कार्यक्रमहरू सञ्चालन भएका थिए । सो कार्यक्रम मार्फत क्रमशः १ लाख ६४ हजार ८२७ जना, ३ लाख ८६ हजार ९२० जना, २ लाख २० हजार १३५ जना, २ लाख १८ हजार ३९७ जना, ४ लाख ७७ हजार ४६३ जना, १ लाख ५१ हजार ६४४ जना, १ लाख ४८ हजार १०४ जना र २ लाख ३२ हजार ५७२ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।

समुदाय–प्रहरी साझेदारी अवधारणा बमोजिम सामुदायिक सुरक्षा अभिवृद्धि गर्नका लागि स्थानीय स्तरमा नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकायहरू विद्यमान सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्रहरू, विभिन्न क्षेत्रका गैह्र राजनीतिक सामुदायिक र सामाजिक संघ संस्थाहरू, महिला, बालबालिका र युवा सम्बन्धी संघ संस्थाहरू, माध्यमिक तह (कक्षा १२ सम्म) का विद्यालयहरू, शिक्षासँग सम्बन्धित संघ संस्थाहरू र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूको सहभागिता हुने गरी जिल्ला, पालिका, वडा, टोल र विद्यालय स्तरमा २३ हजार ९ सय ९३ साझेदारी समितिहरू गठन भएका छन् । ७ सय ५३ वटा स्थानीय तहमा ती बृहत् राष्ट्रिय साझेदारी निर्माण गरिएको छ ।
यस अवधारणाबारे जानकारी दिँदै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले समुदायको सहभागितामा प्रहरीले आफ्नो कार्यलाई थप सहज र सफल बनाउन सामुदायिक अवधारणा सहयोगसिद्ध भएको बताउँदै यस अवधारणाको कार्यान्वयनबाट प्रहरी र नागरिक बीचको सम्बन्ध सुदृढ भई अपराध रोकथाम, घटित अपराधको अनुसन्धानमा जनसहभागिता बढाइएको बताए ।

सो अवधिमा महिला हिंसा न्यूनिकरण सम्बन्धमा संचालित ३ हजार ६५७ वटा कार्यक्रममा १ लाख ३ हजार ७९७ जना सहभागी भएका छन् । यसैगरी लागूऔषध विरूद्ध संचालित ७ हजार ४४५ वटा जनचेतनामूलक कार्यक्रममा २ लाख ५१ हजार ८३० जना, साइबर अपराध विरूद्ध संचालित २ हजार ३२९ वटा कार्यक्रममा ८३ हजार ५८ जना र दुर्घटना न्यूनिकरण सम्बन्धमा संचालित २ हजार ५७१ वटा कार्यक्रममा ८३ हजार ८७५ जना सहभागी भएका छन् ।

समुदाय लक्षित कार्यक्रमहरूमा जबरजस्ती करणी विरुद्ध, मानव बेचविखन विरूद्ध, आत्महत्या न्यूनिकरण कार्यक्रम, बालविवाह, बहुविवाह, दाइजो प्रथा विरुद्ध जनचेतना अभिवृद्धि, विद्यालय सम्पर्क कार्यक्रम, सामाजिक अपराध न्यूनिकरण, समुदाय र प्रहरीबीच खेलकुद कार्यक्रम, आगलागी न्यूनिकरण लगायत रहेका छन् । कार्यक्रमलाई अझ प्रभावकारी बनाउने सम्बन्धमा प्रहरी नायव महानिरीक्षक ढकालले यस्ता कार्यक्रमले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षा अमनचयन कायम गर्ने,समुदाय र कानून कार्यान्वयन गर्ने सघाउने बताए ।


विद्यालयका विद्यार्थी र अभिभावकहरूलाई लक्षित गरी आधारभूत सुरक्षा, साइबर सुरक्षा, सडक सुरक्षा, मानव अधिकार, अपराध पहिचान, रोकथामका उपायहरू, लैंगिक हिंसा, यौन दुर्व्यवहार, सामाजिक विकृति, लागूऔषध, मादक पदार्थ सेवन, प्रहरीलाई खवर गर्ने अवस्था र डायल १०० नम्बरको प्रयोग जस्ता विषयमा पाठ्यक्रम र सामग्री विकास भैसकेको छ । ६५ वटा विविध जनचेतनामूलक श्रव्यदृश्य सामग्रीहरू निर्माण गरिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल