काठमाडौ–पशु सेवा कार्यालयले कामको समिक्ष्ाँ र अब गरिने कार्यको योजनाका बारेमा सरोकारवाला निकायसँग योजना तर्जुमा गोष्ठी आयोजना गरेको छ ।

विहिबार नुवाकोट र रसुवाका स्थानीय तहका सरोकारवालाहरुसँग कार्यालयले उक्त योजन तर्जुमा गोष्ठीको गरेको हो ।

कार्यक्रममा विदुरनगरपालिकाका उपमेयर प्रभा बोगटीले कृषि र पशुपालनले हाम्रो घर व्यवहार धानिरहेकाले नीति बनाएर पालिकाहरु लक्ष्ँित बर्गमा ती कार्यक्रमले उद्देश्य प्राप्ति गर्नु पर्ने बताइन् । सजीव प्राणीले दुख नपाई बाँच्न पाउने अधिकार भएको बताउदै पशुजन्य रोग फैलिन नदिन सबै सचेत हुनु पर्ने बताइन् ।

कार्यक्रममा कार्यालयले गर्ने कार्यको पारदर्शीता गर्न र पशुजन्य रोग फैलन नदिन अपनाउनु पर्ने सतर्कता बारे कार्यालय प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत डा.रामप्रकास प्रधानले जानकारी गराए । कार्यालय प्रमुख प्रधानले पशुपन्क्ष्ँीबाट मानिसमा र मानिसबाट पशुपंक्षीमा सर्न सक्ने रोगहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्दै पशुजन्य वस्तुको ओसारपसारलाई निगरानी गर्नुपर्ने बताए । उनले हालै ललितपुरको गोदावरीमा बंगुरबाट फैलिएको र यहाँ पनि सर्तकता अपनाउन लाग्नु पर्ने बताए । उनले समयमै भ्याक्सिनको व्यवस्था गर्नु र किसानलाई समयमै रोगबारे जानकारी दिन सरोकावाला निकाय लाग्नु पर्ने बताए ।

नेपालमा उपचार विधि आएपनि अझै १० वटा रोग प्राथमिकतामा रहेका छन् । कार्यालय प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत प्रधानले प्रत्येम पालिकामा एक स्वास्थ्य (वन हेल्थ) अवधारण अनुसार मानिसमात्र नभई पशु स्याहारमा पनि उतिकै सरसफाईमा ध्यान दिनु जरुरी रहेको बताए । उनले रेबिज, क्यान्सर लगायत विभिन्न रोगबाट हुन सक्ने लक्षण, त्यसबाट क्षति र न्यूनीकरणबारेमा आफ्नो कार्यपत्रमा बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल