काठमाडौ–प्रथम नुवाकोट खुल्ला राष्ट्रिय तथा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

शनिबार नुवाकोटको कोलोनी ब्याडमिन्टन ग्रुपले आयोजना गरेको प्रतियोगितामा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका छन् ।

प्रतियोगितामा राष्ट्रियतर्फ पहिलो हुने प्रतियोगीलाई ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रोले २० हजार रुपैयाँ पुरकार राशी रहेको कोलोनी ब्याडमिन्टन ग्रुप अध्यक्ष शनि चित्रकारले जानकारी दिए ।

त्यसैगरी जिल्लास्तरीय समूहमा पहिलो, दोस्रो र तेस्रोले जनही १०, ५ र ३ हजार रुपेया प्राप्त गर्ने आयोजनाकले जनाएका छन् ।
प्रतियोगिता फागुन ५ देखि ७ गतेसम्म संचालन हुने प्रतियोगतामा ८० जना खेलाडी सहभागी छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल