काठमाडौं–नुवाकोट लिखुगाउँपालिका ४ चौघडामा रहेको क्षेत्रपाल माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु मिलेर क्षेत्रपाल अलम्नाई एसोसिएशन नामक संस्थाको विधिवत् रुपमा खोलेका छन् ।

विद्यार्थी, शिक्षक र विद्यालयको हकहितका लागि भनेर विहिबार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उक्त संस्था दर्ता गराएका हुन् ।
डा.विक्रम तिमिल्सिनाको अध्यक्ष्ँतामा १३ सदस्यीय कार्यसमिति बनाइएको छ । समितिको उपाध्यक्षमा गणेश थापा, सचिव राजीव न्यौपाने, कोषाध्यक्ष्ँमा सुफल थपलिया रहेका छन् भने सहसचिव दिवाकर अधिकारी रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा क्रमशःमधुकुमार अधिकारी, रामप्रसाद लामिछाने, सरस्वती मल्ल श्रेष्ठ, रामेश्वर अगस्ती, राजन श्रेष्ठ, सविना पाठक, शान्ति महत र राधिका राई रहेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !