काठमाडौं–पञ्चकन्या गाउँपालिका ३ र ४ मा पर्ने घ्याङस्वाँरा पार्कमा पञ्चकन्या जनकल्याण युवा समाजले शनिबार उक्त प्रतियोगिता आयोजना गरेको हो । पञ्चकन्या पर्यटन प्रवर्द्धन र युवालाई खेलकुदप्रति आकर्षित गर्न क्रसकन्ट्री दौड आयोजना गरिएको आयोजकले जनाएका छन् ।

प्रतियोगितामा महिलातर्फ ११ किलोमिटर दुरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारिन् ।
पञ्चकन्या–२ की मेलिना पौडेल १ घन्टा २२ मिनेट २२ सेकेन्डमा दोस्रो र पञ्चकन्या ५ की सुष्मा कार्की १ घन्टा २४ मिनेट २८ सेकेन्डबाट तेस्रो स्थान प्राप्त गरेका थिए ।

सोही दुरीको पुरुषतर्फ सुदीप राईले ४७ मिनेट १४ सेकेन्डमा दौड पूरा गरेर पहिलो भए भने पञ्चकन्या–३ का सविन थापा ४७ मिनेट ३३ सेकेन्डबाट दोस्रो र म्यगङगाउँपालिकाका वीरसिंह तामाङ ४९ मिनेट ११ सेकेन्डबाट तेस्रो भए । पञ्चकन्या–३ का भोजबहादुर कार्की चौथो र बेलकोटगढीका विमल थापामगर पाँचौं स्थानमा पाए ।

विजेताहरु पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः जनही २२, १६ र १० हजार रुपैयाँ पुरस्कार राशी पाए । महिला पुरुष दुवैतर्फ पाँचौं स्थानसम्मलाई केही नगद पुरस्कार प्रदान गरिएको थियो ।

पञ्चकन्या पालिकास्तरीय छात्रछात्राको ५ किमि दौडमा पञ्चकन्या १ की सविना राईले ३४ मिनेट १३ सेकेन्डबाट छात्रातर्फ स्वर्ण पाइन् भने वडा ४ की सवित्री थापा ३४ मिनेट ३१ सेकेन्डबाट दोस्रो र वडा ३ की रुविना तामाङ ३४ मिनेट ४० सेकेन्डबाट तेस्रो भएकी थिइन् भने वडा ४ की गौरी सुनुवार चौँथो र अस्मिता तामाङ पाँचौं स्थानमा आए ।


सोही दुरीको छात्रतर्फ किरण तामाङले २३ मिनेट १३ सेकेन्डबाट पहिलो र सुरज तामाङ २४ मिनेट २२ सेकेन्डबाट दोस्रो र सुदेश तामाङ २५ मिनेट २६ सेकेन्डबाट तेस्रो स्थानमा आए भने वडा ४ का सुदेश तामाङ र युवराज तामाङ क्रमशः चौथो र पाँचौं स्थानमा आए । विजेताहरुलाई जनही क्रमशः ११ हजार, ७ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।


दौड भएका मार्ग लाकुरीभन्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभन्ज्याङ, झकडेभित्ता, गाङ्तानटोल, घ्याङस्वाँरा सोही रुट हुँदै घलेभन्ज्याङमा आएर ११ किमी दुरी टुंगिएको थियो । त्यसैगरी ५ किमि दुरीतर्फको दौडमा लाकुरीभन्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभन्ज्याङ, झिँगानेटोल, झगडेभित्ता सोही रुट हुँदै घलेभन्ज्याङ आएर सकिएकोे थियो ।


७२ वर्षको उमेरमा दौड प्रतियोगितामा आएका नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई सम्मान स्वरुप आयोजक संस्थाका अध्यक्ष टीकाराम तामाङले नगद १५ हजार रुपैया सहित सम्मान गरेका थिए । प्रतियोगिताको उद्घाटन तथा विजेतालाई पूर्वमन्त्री हितबहादुर तामाङलगायतले पुरस्कृत गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल