काठमाडौ–आठौ नुवाकोट महोत्सवमा अवलोकन गर्न शनिबार अवलोकनकर्ताहरु ओइरिएका छन् ।
महोत्सवमा स्थानीय वस्तुको खरिद गर्नेदेखि लिएर पिङखेलेर मनोरन्जन लिनेहरुको भीड थियो ।
टिकट विक्रीको आधारमा शनिबारमात्रै १० हजार भन्दा बढीले महोत्सव अवलोकन गरेको आयोजकले जनाएका छन् । शनिबार भएकाले अभिभावकदेखि बालबालिकाहरु बढी देखिएका थिए ।

महोत्सवमा चित्रकला, विद्यालयको विज्ञान प्रदर्शनी, छुट मूल्यमा पुस्तक खरिद, ककनीको स्ट्रबेरी, किस्पाङको दही दुध राख्ने ठेकी, साढे नौ किलोको मुला, रायो साग, अचार, पितौरा, जुत्ता, चप्पल, भाडाकुँडा, विदुरको माटोको भाडा बनाउने लगायत तयारी पोशाक, गाउका स्थानीय खाद्यान्न खरिद गर्ने देखि विभिन्न कलाकारका हास्यव्यङ र गीत संगीतले महोत्सव तातेको थियो ।
विदुरनगरपालिका ४ मा जारी महोत्सव फागुन ७ गतेसम्म संचालन हुने छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !