काठमाडौं–स्वास्थ्य कार्यालय नुवाकोटले फागुन दोस्रो साताबाट नुवाकोटका १८ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्ध खोप लगाइने भएको छ ।
आगामी फागुन १४ देखि १८ गतेसम्म खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए ।
दादुरा–रुबेला खोप अभियान कार्यक्रमको तयारीका बारेमा स्वास्थ्य कार्यालय नुवाकोटले सदरमुकाम विदुरमा आइतबार जिल्लास्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुको एक दिन अभिमुखीकरण गोष्ठी कार्यक्रम बताइएको हो ।
नुवाकोटका ९ महिनादेखि ५ वर्षसम्मका १७ हजार ६३० जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
खोप अभियानका लागि नुवाकोटमा २८१ खोप केन्द्र, ३४७ स्वास्थ्यकर्मी र ५६२ जना स्वास्थ्य स्वयंसेवकहरु परिचालन गरिने भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरीले बालबालिकाको स्वास्थ्यमाथिको नैसर्गिक अधिकार भएकाले सर्वसुलभ खोप सबैले पाउनुपर्ने बताए । उनले रोग लाग्नु भन्दा रोगै लाग्न नदिन खोप अभियान दुरदराज ग्याङफेदी जस्ता कुनामा रहेका बालबालिकाले पाउनुपर्ने बताए ।
बालबालिकालाई १३ थरी खोप दिनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसमध्ये ७ थरी खोपकेन्द्रमा आएर लिनुपर्ने छ ।
देशभरका ७१ जिल्ला पूर्णखोपको जिल्ला भइसकेको तर विविध कारणले नुवाकोट पूर्ण खोपको जिल्ला हुन बाँकी छ ।
अभिमुखीकरण कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, त्रिशूली अस्पतालका पदाधिकारी, स्वास्थ्य कार्यालयका झमप्रसाद आचार्य, अमृत महर्जन, रामकृष्ण फुयाल, राजकुमार थापा लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !