काठमाडौ– डिभिजन वन कार्यालय नुवाकोटले डिभिजनस्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।

आईतबार विदुरमा आयोजित नुवाकोटका ६ वटा सवडिभिजनले आर्थिक वर्ष २०८०÷८१ मा गरिने कार्ययोजनाको बारेमा आफ्नो प्रस्तुति गरेका थिए ।

डिभिजन वन कार्यालय नुवाकोटले बन विकास तथा व्यवस्थापन सम्वन्धि प्रदेश सरकारका ऐन, नियम नीति र निर्देशन कार्यान्वयन गर्दै आएको छ । वन संरक्षण एवं सम्वद्र्धन गर्ने, जिल्लास्तरीय वन विकास सम्वन्धि योजना तथा कार्यालय तर्जुमा एवं कार्यान्वयन गरि अन्य सरोकारवालालाई आवश्यक प्राविधिक सुझाव सल्लाह दिने गरेको छ ।

स्थानीयवासीबाट बाँदरले बालीनाली खाएर नोक्सान पुर्याएकाले सुनासो व्यापक आएको सबडिभिजन वन कार्यालयका पदाधिकारीले कार्यक्रममा बताए ।

वन जीवनसंग जोडिएको हुनाले त्यसको व्यवस्थापन गरी वृक्षारोपण, जैविक विविधता तथा वातावरण संरक्षण गरी सर्वसाधारणलाई उपलब्ध गराई वन व्यवस्थापन कार्यमा जनसहभागिता परिचालन गरिने डिभिजन वन कार्यालय प्रमुख रोशना पोखरेलले बताइन् । उनले बाँदरको संख्या बृद्धि भई बाली खाने र नोक्सान गरेकोमा चिन्ता व्यक्त गरिन् ।


डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कमल घिमिरेले कार्यालयले गर्ने गतिविधिका बारेमा जानकारी गराए । उनले सिमित बजेटले धेरै कार्य गर्नुपर्ने र समस्याको पहिचान गरेर अघि बढ्नु पर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा डिभिजन र सब डिभिजनले वनबाट हुने आयर्जन, वन संरक्षणमा डडेलो तथा वन्यजन्तुबाट जोगाउन गरिने कार्य, पहिरो रोकथाम, वनपैदावार प्रयोग गर्ने विधि र प्रक्रिया पर्यापर्यटनमा लाग्ने बजेटबारे जानकारी दिइएको थियो ।
पछिल्लो समय सालको काठ प्रयोग गर्न निजी वन दर्तामा स्थानीयको चासो बढेको बताइयो ।

कार्यक्रममा नागरिक समाज, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, सामुदायिक उपभोक्ता महासंघका केन्द्रिय सदस्य, डिभिजन वन तथा सबडिभिजन कार्यालयका पदाधिकारी आफ्नो धारणा राखेका थिए ।

नुवाकोटमा ३७७ वटा सामुदायिक वन रहेका छन् । ती मध्ये १५० भन्दा बढीले अझै नवीकरण गर्न बाँकी रहेको कार्यक्रममा बताइयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल