काठमाडौं– नुवाकोटको सदरमुकाम विदुरमा जारी नुवाकोट महोत्सवमा शनिबार सकिएको छ ।

गएको माघ २६ देखि फागुन ७ गतेसम्म संचालित महोत्सवमा १ लाख दर्शक तथा अवलोकनकर्ता आएको आयोजक नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सव समापन कार्यक्रमा बोल्दै संघका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले महोत्सवको कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार महोत्सवमा ५ करोड रुपैयाँको कारोबार भएका बताए ।

आठौं नुवाकोट महोत्सवमा सुरुमा दर्शक तथा अवलोकनकर्ता कमै आएपनि पछि दर्शकहरुको ओरो लागेपछि आयोजक उत्साहित बनाएको थियो ।

मुलुक आर्थिक मन्दीको अवस्था चपेटमा परेको बेला यो महोत्सवले बजार केहीहदसम्म बजार चलायमान भएको विदुरनगरपालिकाका मेयर राजन श्रेष्ठले बताए ।

नुवाकोटमा भने दर्शकले देखाएको उत्साहजनक सहभागिताले नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवको महत्वलाई दर्शाएको प्रथम उपाध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा स्थानीय तथा रैथाने उत्पादनलाई पनि महत्व दिइएको छ । नुवाकोटका पालिकाहरुले आफ्नो पालिकाभित्र उत्पादन गरेका रैथाने उत्पादनहरु महोत्सवमा प्रदर्शनी राखेका छन् । त्यसमा कृषि जन्य वस्तु र गैर कृषिजन्य वस्तु हस्तकलाका सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

स्थानीय उत्पादनको बजारीकरण, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उदेश्य राखिएको र कोरोना महामारीपछि सुरु भएको आर्थिक मन्दीले शिथिल आर्थिक कारोबारलाई ‘धार्मिक, ऐतिहासिक कला संस्कृतिको संवद्र्धन, दीगो आर्थिक विकासका लागि व्यवसायिक प्रवद्र्धन’ भन्ने नाराका साथ महोत्सवले नेपाल भ्रमण वर्ष र नुवाकोटको आर्थिक समृद्धिलाई टेवा पु¥याउने अपेक्षा लिएको नुवाकोट महोत्सवका संयोजक तथा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले समापन कार्यक्रममा बताए ।

महोत्सवमा २ सय ५० वटा स्टल रहेको महोत्सवको स्टल राखिएको थियो भने विभिन्न संघसंस्थामा आबद्ध सदस्यलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो । महोत्सवको प्रवेशका लागि १ सय रुपैयाँ र विद्यार्थीको हकमा ५० रुपैयाँ तथाा अपांगता भएकाहरुलाई सरकारले तोकेको कार्डको आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो । महोत्सवमा निःशुल्क दुघ र अण्डादेखि माक्स समेत वितरण गरिएको थियो ।

महोत्सवमा सहुलियतमा पुस्तक, विभिन्न विद्यालयका विद्यार्थीव्दारा तयार पारेका विज्ञान प्रदर्शनी, कला क्षेत्रका कलाकारले आफ्नो पेन्टिङ अर्थात चित्रकला प्रदर्शन, बोटानी सम्बन्धी कार्य,लोपोन्मुख भाडा बनाउने, विविध परम्परागत तथा धार्मिक झाँकीहरु, मनोरन्जनको लागि पिङ, सजाउनका लािग बनाएका कृतिम बाघ,गैडा, हात्ती लगयतका वस्तुहरुको साथै महोत्सवमा आएर आफ्नो तस्बिर खिचाउनको लागि क्यामेरा पर्सन, विधि स्वादका परिकारहरु रेम्बो तथा कोदा र केराको मःम, नेवारी परिकार, मिठाई र अचारका परिकार, जिल्लामा उत्पादित खाद्य तथा गैर खाद्यवस्तु समेत राखिएको थियो ।

त्यसैगरी दर्शक तथा अवलोकन गर्न आएकालाई स्वास्थ्य क्ष्ँेत्रका अस्पताल तथा आयुर्वेद अस्पताले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका थिए ।
ख्यातिप्राप्त राष्ट्रिय तथा जिल्लाभित्रका कलाकारहरुको साँगीतिक प्रस्तुतिको साथै हास्यकलाकारले हास्यव्यङका प्रस्तुति दिएर जिल्लावासीलाई महोत्सवमा तानेका थिए । आयोजकले उनीहरु, उद्योग तथा व्यवसायीलाई सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए ।
महोत्सवलाई व्यवस्थापन गर्न विभिन्न समिति तथा उपसमिति गठन गरिएको थियो ।

महोत्सवले सुस्ताएको बजार क्षेत्र विस्तारै गतिलिन सक्ने समापन कार्यक्रमका उद्घोषक तथा संघका महासचिव उपेन्द्र बुढाथोकीले बताए ।

त्यसैगरी महोत्सवको प्रदर्शनीमा उत्कृष्ठ किसान तथा व्यवसायीलाई आयोजकले सम्मानपत्र प्रदान गरेका थिए ।
त्यसैगरी नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले संघले आयोजना महोत्सवबाट सबै व्यवसायीहरुलाई समेटर लानुपर्ने बताए ।

महोत्सव उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए भने १० दिनसम्म संचालित महोत्वसमा जिल्लाका सांसद, पूर्वमन्त्री, मन्त्रीदेखि नेतागणले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल