काठमाडौं– १३ औ नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा मंगलबार उक्त प्रतियोगिता संघीय सांसद एवं पूर्व खेलकुद मन्त्री हितबहादुर तामाङले उद्घाटन गरेका हुन् ।

खेलले विश्वमा चिनाउने भएर अनुशासित भएर खेललेल्नु पर्ने सांसद तथा पूर्व खेलकुद मन्त्री तामाङले बताए । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, उसु, कराँते र तेक्वान्दो खेल समावेश छन् ।

उद्घाटन कार्यक्रममा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, पूर्व बागती प्रदेश सदस्य हिरानाथ खतिवडा, जिल्ला समन्वय समिति नुवाकोट प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी, विदुरनगरपालिका उपमेयर प्रभा बोगटी प्रजिअ रामकृष्ण अधिकारीले खेलकुदको विकासका लागि खेलाडीले अनुशासित भई खेल्नपर्ने बताए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा किस्पाङ गाउँपालिका उपाध्यक्ष अर्जुन न्यौपाने, तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद रिमाल, म्यगङ उपाध्यक्ष सिता तामाङ, माओवादी केन्द्र नुवाकोट संयोजक पुष्प लामिछाने, नेकपा एमाले नुवाकोट उपाध्यक्ष बुद्धि प्रधान, जिसस सदस्य रामचन्द्र पौडेल र सन्तोषी देवकोटाको उपस्थिति थियो भने कार्यक्रममा जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्तोष राईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको संचालन निराजन बोगटीको गरेका थिए ।

प्रतियोगिता फागुन ८ देखि १० गतेसम्म संचालन हुने प्रतियोगितामा मुख्य आयोजक विदुरनगरपालिका रहेको छ भने १० वटा नगर तथा गाउँपालिकाहरु सहआयोजक रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल