काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार ४० बुँदे ज्ञापनपत्र स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझाएको छ ।
केन्द्रमा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन प्रधानमन्त्री पुष्पकमल दाहाललाई र जिल्लाहरुमा जिल्ला अध्यक्षहरुले व्यानर, नाराजुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए ।
ज्ञापनपत्रम राप्रपाले अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने माग छ ।

त्यसैगरी धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौती गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन गर्नुपर्ने, संवैधानिक निकायहरुलको नियुक्तिमा राजनीतिक भागवण्डा हुन नहुने, सरकारी वेतनधारी तथा पेशागत दलीय भातृ संगठनहरुको खारेजी, राष्ट्र सेवकहरुको सरसुविधिामा बृद्धि गरी भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्यभूति गर्नुपर्ने मागमा भनिएको छ ।

त्यसैगरी स्वास्थ्य शिक्षाको सुनिश्चितता, ठूला भ्रष्टाचारको छानविन, सहकारी र लघुवित्तको प्रभावकारी नियमन, वित्तिय क्षेत्रमा देखिको समस्या समाधान, व्दन्द पीडित र मिटर व्याज पीडितको समस्या समाधान, सार्वजनिक खरिद र वन ऐन संशोदन, रोजगारी समस्या हल गर्न, कृषि क्षेत्रमा मल कारखाना स्थापना र अनुदान पारदर्शीता, उर्जा, पर्यटन क्षेत्र, पराराष्ट्र नीति तथा परराष्ट्र मामिलामा राजदूत नियुक्ति भागवण्डाको अन्त्य, विदेशमा रहेका नेपालीलाई मताधिकारको ग्यारेण्टी यबैंकको ब्याज एकल अंकमा झार्नुपर्ने लगायतका माग उल्लेख गरे ।

बुधबार नुवाकोटमा पञ्चेवाजा सहित नारा सहित सदरमुकाम विदुरस्थित लोकतान्त्रिक चोकबाट सुरु भएको रर्याली जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । राप्रपा जिल्ला अध्यक्ष कुलबहादुर खड्गीले ज्ञापनपत्र वाचन गरी प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई बुझाएका थिए । ज्ञापनपत्र बुझाएर लोकतान्त्रिकचोकमा कोणसभा गरेका थिए ।
ज्ञापन पत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरेको छ । प्रजिअ अधिकारीले तत्काल प्रधानमन्त्री कार्यालयमा पठाइने बताए । राप्रपाले आफ्नो माग पूरा नगरे जनदबाबका कार्यक्रमको थालनी गर्ने जनाएको छ ।
माग पूरा नभए राप्रपाले सदन र सडकबाट सशक्त आन्दोलन गर्ने जनाएको छ । राप्रपाको माग उपेक्षा गरियो भने त्यो कठोर बन्दै विद्रोह हुन सक्ने चेतावनी दिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !