काठमाडौं–नुवाकोटको श्री नम्बर १ सैन्य तालिम केन्द्र, मैथली व्यारेक त्रिशूलीमा भूतपूर्व सैनिक सम्मेलन आयोजना गरिएको छ ।

शुक्रबार श्री ६ नम्बर बाहिनीपति तथा सहायकरथी रोजप्रताप जबराले दिप बालेर सम्मेलनको उद्घाटन गरेका थिए ।

भूतपूर्व र आस्रित परिवारलाई समेटेर आयोजन गरिएको सम्मेलनमा रसुवा, धादिङ र नुवाकोट पूर्व सैनिक तथा तिनका परिवार सहभागी थिए । सम्मेलनको उद्घाटन क्रममा मन्तव्य दिंदै सहायकरथी जबराले नेपाली सेनाको मूल्य र मान्यतालाई जीवन्त राख्न अवकास प्राप्तहरुले गरेको निस्वार्थ सेवा, कर्तव्यपरायणताभाव, त्याग र बलिदानले आजको नेपाली सेनाको गर्भिलो ईतिहास रहेको बताए ।

उनले अवकास प्राप्त असल सैनिकको भूमिकालाई प्रशंसा गर्दै सैनिक सेवामा सिकेका सिप र ज्ञानलाई समाजमा महत्वपूर्ण हुने बताउदै सेवाभाव र धैर्यताले समाजमा भूतपूर्वको बैग्लै पहिचान बनाएको बताए । सुखदःुखको लामो समयसम्म एकअर्कालाई दिएको साथ र सहयोगको पुर्नताजगी गराई थप उर्जा तथा शक्ति प्रदान गर्ने विश्वास लिएको बताउदै सैनिक पेशाप्रतिको सम्मान संस्थाप्रतिको आफ्नो सम्बन्धलाई जीवनपर्यान्तकालसम्म सादर्भिक रहिरहोस भन्नाका खातिर नेपाली सेनाले भूतपूर्व हिताधिकारीलाई स्वास्थ्य सुविधा, स्वरोजगारलाई विकेन्द्रति गदै उनीहरुको घर दैलोसम्म पु्रयाएको बताए ।


त्यसैगरी नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले मध्य पृतना हेडक्वाटर अन्तर्गत भरतपुर ब्यारेक चितवनमा आयोजित भूतपूर्व सैनिक सम्मेलन उद्घाटन गरेको संदेश उप–केन्द्र मैथली व्यारेकमा सुनाइएको थियो । उप–केन्द्रमा सुनाइएको संदेशमा प्रधानसेनापति शर्माले सम्बोधन गर्दै अवकाशप्राप्त एवं बहालवाला सैनिकहरु एकाघरका परिवार रहेको उल्लेख गर्दै संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अग्रजहरूले निर्वाह गर्नुभएको निःस्वार्थ तथा गहन भूमिकाको प्रशंसा जति गरेपनि कम हुने बताए । प्रधानसेनापति शर्माले विदेशमा सजिलै धन कमाउन सकिन्छ भन्ने भ्रममा परी आफूलाई जोखिममा नपार्न सुझाव दिंदै आफनै गाउँ ठाउँमा प्रचुर संभावनाहरु रहेको हुँदा सैनिक जीवनको दौरान प्राप्त ज्ञान सीप र अनुभव आफ्नै समाजको विकास उत्थानमा लगाउन आग्रह गरेका थिए ।


नुवाकोटको श्री नम्बर १ सैन्य तालिम केन्द्र, मैथली व्यारेक त्रिशूलीमा भूतपूर्व सैनिक सम्मेलन कार्यक्रममा फरक क्षमता भएका तथा अशक्त व्हिल चेयर, बैसाखी, आर्थिक सहयोग लगायतका वितरण गरिएको थियो भने दुई विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विदुरनगरपालिकामा मेयर राजन श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, नुवाकोट जिल्ला प्रहरी कार्यालयका एसपी संजयसिंह थापा, विदुरगनरपालिका १ नम्बर वडाध्यक्ष लेनिन रञ्जित, ४ का वडाध्यक्ष निलमबाबु ढुंगेल लगायत बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारहरूका साथै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा भूतपूर्व सैनिकहरुकोतर्फबाट विभिन्न सांस्कृति कार्यक्रमहरु नेपाल–तिव्वत बीचको युद्धको झल्को घोडा नाच, धिमे बाजा खलः त्रिशूलीबजारको बाजा, त्रिशूली लाखे पुःचको लाखे नाच, तामाङ नाच प्रदर्शन गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा गुरुङ, मगर, शेर्पा, नेवारी, तामाङ सेलो नृत्य तथा तेक्वान्दो खेलाडीबाट घैंटो फुटाई लगायत कलाकौशलको प्रस्तुति गरेका थिए । त्यसैगरी सम्मेलनकै अवसर पारेर मैथली ब्यारेक, त्रिशूलीमा स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । उक्त सम्मेलनको संयोजन जबरजंग गणले गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल