काठमाडौं– भैरवी मिडिलस्कूल सेतोपाटीबाट पठनपाठन थालेको भैरवी माध्यामिक विद्यालयले अहिले आफ्नो ६७ औं वार्षिकउत्सव मनाएको छ ।
शनिबार विदुरनगरपालिकाका मेयर राजन श्रेष्ठले वार्षिकउत्सव कार्यक्रमको उद्घाटन गर्दै सरकारको नीतिका कारण शिक्षा क्ष्ँेत्रलाई सिष्टमा लान पर्ने भएकोले विद्यालय समायोजन गर्दा केही समस्या देखितापनि आगामी दिनमा स्कूलले राम्रो प्रगति हासिल गर्दै जाने बताए ।
उनले विद्यालयको लागि आवश्यक पर्ने आवासीय विद्यालय, शिक्षकको लागि आवश्यक पहल गरिने बताउदै बसाईंसराईले विद्यार्थीमा कमी आएपनि आगामी दिनमा नुवाकोटलाई तनहुँको बन्दीपुर झैं पर्यटकीय क्षेत्र रुपमा विकास गर्दै जाँदा आर्थिकपोर्जनले बसाईसराईमा कमी आउने बताए । गएका पनि फर्किने वातावरण बन्न जाने मेयर श्रेष्ठले बताए । उनले नुवाकोट ऐतिहासिक धरोहर साततल्ले र स्वयम्भु महाचैत्यको पुनर्निर्माणपछि नुवाकोटको विकास हुन गई पर्यटकीय क्षेत्रको रुपमा विकास हुने दोहोर्याए । मेयर श्रेष्ठल नुवाकोटलाई मास्टर प्लान रुपमा विकास गरिने उनले बताए ।
विद्यालयको निरन्तर विकास, उन्नति र प्रगतिको कामना गर्दै विदुरनगरपालिकाका उपमेयर प्रभा बोगटीले विद्यालयसंग समन्य र सहकार्य गरेर जाने बताइन् । उनले भैरवी माविको शैक्षिक क्षेत्रको विकासको लागि आवश्यक पर्ने छात्रबासको पहल गरिने बताइन् । भैरवी मावि शैक्षिक क्षेत्रको रक्तरन्चार र इतिहास बोकेको बताउदै उपमेयर बोगटीले हजारौ योग्य विद्यार्थी उत्पादन गरिसकेको र ती विद्यार्थीले समाजको हरेक तहमा आफ्नो ढंगले नेतृत्व संभालिरहेको बताइन् ।
विद्यालयमा विभिन्न समस्या रहेकाले व्यवस्थापन समिति, अभिभावक र नगरपालिकाले सुधारका लागि आवश्यक कार्य गर्नुपर्ने विद्यार्थीहरुले चिन्ता व्यक्त गरेका थिए ।
अध्ययन गर्ने विद्यार्थी घट्दो क्रममा रहेकोले आवासीय विद्यालयको रुपमा विकास गर्नु आवश्यक भइसकेको प्रधानाध्यापक प्रेमचन्द्र श्रेष्ठले बताए । उनले बसाईसराईले गर्दा विद्यार्थी संख्या कम हुँदै गएको बताउदै आगामी दिनमा विद्यालय क्ष्ँेत्र सुधारको कार्यक्रम थालिने बताए । उनले आर्थिक वर्ष २०७९÷८० मा विद्यालयको आयव्याय प्रस्तुत गरेका थिए ।
विदुरनगरपालिका २ अशोकवाटीका रहेको भैरवी माविमा अहिले शिशुदेखि कक्षा १२ सम्म ३१८ विद्यार्थी अध्ययरत् छन् । विद्यालयमा कक्षा कोठा २० वटा भएपनि अझै आधादर्जन कोठा अभाव रहेको छ ।
स्कूलमा खानेपानी समस्या, शिक्षकलाई प्रविधिमैत्री बनाउनुपर्ने, कक्षा कोठा अभाव रहेकाले प्रदेश सरकार र विदुरनगरपालिकाको सहयोगको अपेक्षा गरिएको र आवासीय विद्यालय बनाउन सकेमात्र विद्यालय छाड्ने विद्यार्थीमा कमी आउने विद्यालय व्यावस्थापन समितिका अध्यक्ष श्यामराज पाण्डेले बताए ।
वार्षिक उत्सव कार्यक्रममा पूर्व विद्यार्थीहरुले आफू अध्ययन गरेको विद्यालयलाई सहयोग गदैै आएको र त्यसलाई निरन्तरता दिने पूर्वविद्यार्थीहरुले बताए ।
वार्षिक उत्सव कार्यक्रममा विदुरनगरपालिका वडा नं.१ का वडाध्यक्ष लेनिन रञ्जित, वडा २ का वडाध्यक्ष दिपक कायस्थ, ४ का वडाध्यक्ष निलमबाबु ढुंगेल, लिखुगाउँपालिका १ का वडाध्यक्ष नरहरि पाण्डे, पूर्व शिक्षकहरु, नुवाकोट युवा क्लबका अध्यक्ष सरोज डंगोल लगायतले विद्यालयका बारेमा आआफ्नो धारणा राख्दै विद्यालयको प्रगतिको कामना गरेका थिए ।
२०१३ सालमा भैरवी मिडिलस्कूलबाट विद्यालय सुरु भएको हो । त्यतिबेला कर्णेल विष्णुबहादुर पाण्डेले उक्त विद्यालय स्थापना गरेको स्थानीयले जनाएका छन् । उक्त विद्यालयमा राजनीति क्षेत्रका पूर्वमन्त्री तथा माओवादी केन्द्रका तत्काली उपाध्यक्ष पोष्टबहादुर बोगटीले पनि यसै विद्यालयमा अध्ययन गरेको स्थानीयले बताए ।
त्यतिबेला देवीथानस्थित भैरवी मन्दिरको सेतोपाटी, शितलपार्टी हुँदै टुँडिखेलको झिंगटीको छानाले छाएकोमा सरेको थियो ।त्यसपछि जस्तापाताले छाएको भवन हुँदै अहिले अशोकवाटीकाको आधुनिक भवनमा पठनपाठन हुँदै आएको छ । उक्त स्कूल २०३२ सालमा माविमा परिणत भएको थियो । यहाँ लिखु १ र २ वडाका माथिल्लोभेग र विदुर २ को माथिल्लोभेगका विद्यार्थी अध्ययन गर्छन् ।
विद्यालयमा शिक्षक विद्यार्थीले विविध साँगीति प्रस्तुति, अतिरिक्तक्रियाकलापको साथै शैक्षिक गतिविधिमा उत्कृष्ठ हुने विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यसैगरी प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !