काठमाडौं–भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।

८२ वर्षको उमेरमा सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि बिमारी थिए ।

आचार्यले करिब ४ सय गीत, गजल र भजनमा स्वर तथा संगीत दिएका छन् । उनी १९९९ सालमा धनकुटामा जन्मिएका थिए । नेपाली सुगम संगीतमा उनको विशिष्ट स्थान रहेको छ ।

आचार्यका जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरुको, हजार आँखा हेर्ने लगायतका कर्णप्रिय गीत छन् । उनी एक संघर्षसिल व्यक्ति हुन् ।

उनको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । उनको दुई छोरा र श्रीमती छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल