काठमाडौं–नुवाकोट किस्पाङगाउँपालिका ५ खत्रीकुनाको पोलोरो पाखा जंगलमा एक बृद्धको हत्याको गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

मंगलबार रसुवा उत्तरगयागाउँपालिका ३ ठूलोगाउँका ७१ वर्षिय भुन्टे भन्ने टेकप्रसाद भट्टको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले रसुवा कालिकागाउँपालिका २ धैबुङका ४१ वर्षिय अनिल भुषाल भन्ने चेतबहादुर दमाई र उनकी श्रीमती ३१ वर्षिय दिपा भट्ट भुषाललाई पक्राउ गरिएको छ । उनीहरुले मंगलबार मृतक भट्टलाई खत्रीकुनाको पोलोरो पाखामा ललाइफकाई साथमा ल्याएको दाउराले टाउकोमा प्रहार गरी घटनास्थलमा विभत्स हत्या गरी फरार भएका थिए ।

उनीहरुलाई काठमाडौं महानगरपालिका १६ स्थित बालाजु वाइपासबाट विहिबार पक्राउ गरी नुवाकोट ल्याई नुवाकोट अदालतबाट ७ दिने म्याद थप गरि कारवाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रमुख तथा एसपी संजयसिंह थापाले बताए । विगत ३ दशकदेखि मृतक भट्ट घर छोडेर जंगलका ओडार तथा गोठहरुमा बस्ने गरेको रिसिवीका कारण उनको हत्या भएको प्रहरीको आरोप छ ।

मानेगाउँदेखि चामपानी घलेगाउँ जाने बाटोमा शव देखिएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेपछि खोजतसालको क्रममा हत्याको आशंका देखिएपछि निजहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल