काठमाडौं– राष्ट्रपति भवनमा नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।
शपथ लिनेमा मन्त्रीहरुमा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्याल छन् । उनीहरुले सोमबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका हुन् । तीनै जना बिना विभागीय छन् ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए ।
माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन छोडेर एमाले र रास्वपासँग गठबन्धन गरेपछि नयाँ मन्त्री थपिएका हुन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !