काठमाडौं–कोशी प्रदेशको तेह्रथुम जिल्लास्थित फेदाप गाउँपालिका–१ सिम्लेमा अपरान्हबाट लागेको आगलागीमा परेर १६ घर जलेका छन् ।

आइतबार गाउँ मुनिको जंगलबाट लागेको आगो बस्तीमा सल्किएको हो । आगो नियन्त्रणमा नआएको र अहिलेसम्म १६ वटा घर जलेको र पातलो वस्ती भएपनि जंगलसँग वस्ती जोडिएकाले आगलागी नियन्त्रण बाहिर रहेको छ ।

आगलागी नियन्त्रणमा ल्याउन तेह्रथुम सदरमुकाम म्याङलुङबाट जनपथ प्रहरी र सशस्त्र प्रहरी बल र स्थानीय आगो निभाउने प्रयास गरिरहेका छन् ।

चैत महिना भएकाले जंगलका पातपतिगर र घाँस सुकेकाले आगो बढ्दो क्रममा रहेको बताइएको छ ।

आगलागीबाट मानवीय क्षतिको बिवरण नआएपनि क्षतिको विवरण आउन बाँकी छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल