काठमाडौं– सोमबार साँझ गण्डकी प्रदेशको बागलुङ जिल्लास्थित मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिका वडा ६ को जाउलेपानीमा यात्रुबस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
बस सडकदेखि डेढसय मिटर तल खसेको छ भने मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । यात्रुवाहक बस रुकुम पश्चिम जिल्लाबाट काठमाडौं जाने क्रममा वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेका ७ जना घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।
रात परेकाले दुर्घटनामा परेकाको उद्धार गर्न कठिनाइ भएको उद्धारमा खटिएका प्रहरी अधिकारीले जनाएका छन् । उद्धारमा स्थानीय, नेपाल प्रहरी र नेपाली सेना खटिएका छन् ।
घटनास्थल बागलुङ सदरमुकामदेखि १ सय ३० किमी पश्चिममा रहेको छ । बसमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !