काठमाडौं– रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन पाँचौं पटक राष्ट्रपति निर्वाचित भएका छन् । उनले तीन प्रतिस्पर्धीलाई पछि पारेर राष्ट्रपतीय चुनावमा निर्वाचित भएका हुन् ।

७१ वर्षीय पुटिन ५ औं पटक राष्ट्रपति बनेका हुन् । राष्ट्रपति पुटिन ईस्वीसन् १९९९ देखि सत्तामा आएका थिए । उनी रुसको इतिहासमा धैरै शासन चलाउने नेताको बनेका छन् ।

राष्ट्रपति पुटिन सन् १९९९ मा केही समय प्रधानमन्त्री भएपनि सन् २००० देखि २००४ सम्म पहिलो कार्यकाल र सन् २००४ देखि २००८ सम्म दोस्रो कार्यकाल थियो । राष्ट्रपति पुटिन सन् २००८ देखि २०१२ सम्म उनी दोस्रो पटक प्रधानमन्त्री समेत भएका थिए । सन् २०१२ मा पुनःराष्ट्रपति सन् २०१८ सम्म तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए । त्यसपछि सन् २०१८ देखि २०२४ सम्म चौथो कार्यकालका हुँदै उनी ५ औं पटक राष्ट्रपति भएका हुन् ।

भ्लादिमिर पुटिनको जन्म ईस्वीसन् १९५२ अक्टोबर ७ मा रुसको लेनिनग्रादमा भएको थियो । किशोरावस्थामा भ्लादिमिर अन्तरिक्ष यात्री बन्ने सपना बनाएका थिए तर बढ्दो उमेरसँगै विश्वका प्रमुख युद्धहरूमा जासुसहरूले खेलेको भूमिकाका बारेमा लेखिएका चर्चित कथाले उनलाई आकर्षित गरेपछि उनले सोभियत सङ्घको गुप्तचर संस्था केजिबीमा सेवा गर्ने मन बनाएका थिए । उनले लेनिनग्राद राजकीय विश्वविद्यालयमा भर्ना लिएका थिए । कानून विषयमा उच्च शिक्षा प्राप्त गरिसकेपछि उनले सन् १९७५ मा केजिबी भर्ना भएका थिए । उनलाई केजिबी एजेन्टको रूपमा सन् १९८५ मा तत्कालीन पूर्वी जर्मनीमा नियुक्त गरिएको थियो । उर्जावान र प्रतिभाशाली युवा भएकै कारणले उनलाई पाँच वर्षमा एउटै कार्यालयभित्र दुईपटक बढुवा पाएका थिए । सन् १९९० मा जर्मनीबाट फिर्ता भएपछि उनले लेनिनग्रादको मेयरको अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकारको रूपमा काम गरे ।

सन् १९९० मा पुतिनलाई लेनिनग्रादका मेयर अनातोली सब्चाकको सल्लाहकारको रूपमा नियुक्त भएर राजनीतिक जीवन सुरु गरेका थिए । सन् २८ जुन १९९१ मा उनी सेन्ट पिटर्सबर्ग मेयर कार्यालयको विदेश समितिको प्रमुख बन्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध र वैदेशिक लगानी प्रबर्द्धनको जिम्मेवारी प्राप्त गरेका थिए ।

पुतिनको अध्यक्षतामा यो समितिले व्यवसायिक उद्यमहरू पनि दर्ता गरेका थिए । सन् १९९४ देखी १९९६ सम्म पुतिनले सेन्ट पिटर्सबर्गमा अन्य विभिन्न राजनीतिक र सरकारी क्षेत्रमा काम गरेका थिए ।

एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल