नुवाकोट–नुवाकोट डेरी एसोसिएसन जिल्ला कार्यसमिति गठन गरिएको छ ।
दुग्ध व्यवसायीको हकहितका लागि गठित नयाँ कार्यसमितिको अध्यक्ष्ँमा बालकृष्ण ढुंगाना, उपाध्यक्ष वासुेदव गजुरेल, उपाध्यक्ष अर्जुनप्रसाद भट्ट, सचिव विष्णु दाहाल, कोषाध्यक्ष नमराज थापा रहेका छन् ।
त्यसैगरी कार्यसमितिको सदस्यहरुमा क्रमशः रमेश तामाङ, मानबहादुर बलामी, रामप्रसाद खतिवडा, विमल पाण्डे, क्षेत्रबहादुर तामाङ र सुजन अधिकारी रहेका छन् ।
कार्यसमितिको कार्यकाल ३ वर्षको रहेको छ ।
नुवाकोटको विदुरमा आयोजित एक कार्यक्रममा उक्त नयाँ कार्यसमिति चयन गरिएको हो ।
राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त प्रमुख डा. बालक चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको विशेष आतिथ्यता र नुवाकोट काठमाडौं दुग्ध व्यवसायी सम्पर्क समन्वय समितिको संयोजक देवराज बजगाईंको सभापतित्वमा उक्त कार्यसमिति चयन गरी प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल डेरी एसोसिएसन केन्द्रिय कमिटीका पदाधिकारी र डेरी एसोसिएसन बागमतीका उपाध्यक्ष ध्रुव तिवारी र सचिव श्याम घिमिरे लगायतक पदाधिकारी सहभागी थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !