काठमाडौं– भूकम्पले क्षति पुर्याएको साढे आठ वर्ष वितिसक्दा पनि नुवाकोटको साततले दरबार लगायतका ऐतिहासिक सम्पदा पुननिर्माण नभएकोमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले २०७२ साल बैशाख १२ र २९ गते आएको भूकम्पले क्षति पुर्याएको ती सम्पदाहरु अहिलेसम्म फलामे टेको भरमा रहेकाले सांसद सुवेदीले प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले छिटो पुनर्निमाण गर्न माग गरेकी हुन् ।

साततले दरबार चीन सरकारको सहयोगमा निर्माण हुने भनिए पनि अझै पुनर्निर्माण हुन नसक्दा जिल्लावासी चिन्तित छन् । भूकम्प अघि नुवाकोटका यी ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको अवलोकन गर्न बाह्य तथा आन्तरिक पर्यटक आउने गर्थे भने अहिले सुनसान छ ।

सदरमुकाम विदुरनगरपालिका २ पुरानो सदरमुकाम नुवाकोट डाँडामा उक्त सम्पदाहरु रहेका छन् ।

पुनर्निर्माण गर्नुपर्ने सम्पदाहरुमा राजा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको साततले दरबार, भैरवी मन्दिर छेउको लामपाटी र सेतो पाटी, साततले छेउको विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल तथा साततले दरबारको पूर्वडिलमा रहेको पाँच तलले (तलेजुभवानी मन्दिर) रहेका छन् ।

सांसद सुवेदीले ऐतिहासिक सम्पदा मात्र नभई अलपत्र परेका सडक संजाल निर्माण गर्न समेत सरकारसंग माग गरिन् ।
काठमाडौं–नुवाकोट जोड्ने पुरानो पासाङल्हामु मार्ग रानीपौवा–पिपलटार खण्डलाई राष्ट्रिय स्रोत सुनिश्चित गरी अबिलम्ब ठेक्का प्रक्रियामा लैजानसमेत अनुरोध गरेकी छिन् ।

त्यसैगरी सांसद सुवेदीले काठमाडौ तीनपिप्ले– नुवाकोट कुमरी–कोल्पुटार सडक, कोलनी देउराली–किम्ताङ हुँदै धादिङ जिल्लाको सत्यदेवी जोड्ने सडक, जिलिङ–बाघखोर झ्याङ्लीपोखरी–कोल्पुटार लोकसञ्चारमार्गलगायत जिल्लाका अलपत्र सडकहरु छिटो निर्माणका लागि आग्रह गरिन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल