नुवाकोट–सरकारले निजी क्ष्ँेत्रका उद्योगी व्यवसायीहरुलाई फरक ढंगले हेर्न नहुने सरोकारवालाले बताएका छन् ।

ग्रामीण भेगमा रहेका उद्योग व्यवसायीलाई फरक ढंगले नभई समान ढंगले हेर्नुपर्ने पाल्पा उद्योग वाणिज्य संघका पदाधिकारीले नुवाकोट उद्योग वाणिज्य संघसँग विहिबार नुवाकोट सदरमुकाम विदुरस्थित ईलम प्रक्षिण केन्द्रमा आयोजित भेटघाट कार्यक्रममा उक्त धारणा राखेका हुन् ।


हामीले हाम्रो व्यवसाय सेक्युर् हुँदैन भने हाम्रो अभियान के हुने र हामी बीच सिग्नेचर अभियान चलाउन पर्ने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । व्यवसायीका हित र परिवर्तनका लागि सल्लाह सुझाव लिनका लागि परेको उनले बताए । त्यसका लागि नुवाकोटसंग सुझाव लिन समेत अध्ययन अवलोकन भ्रमण गर्न आएको उनले जनाए ।

उनले पाल्पा पर्यटन वर्ष घोषणा गर्न लागिएको छ । त्यसका लागि पाल्पा उद्योग वाणिज्य संघले निम्तो समेत दिएको छ । पाल्पा उद्योग वाणिज्य संघमा पहिला २७ सय सदस्य रहेकोमा अहिले व्यवसायीहरु विस्तारै पलायन हुँदै गएको कार्यक्रम बताइयो । अहिले पाल्पा उद्योग वाणिज्य संघमा ११ सय सदस्य रहेका छन् ।


व्यवसायीहरुको लागि हकहितको लागि हित कोष रहेको अहिले २५ लाख रुपैयाँ कोषमा मौज्दात रहेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईले बताए ।

भेटघाट कार्यक्रममा विदुरनगरपालिकाका मेयर राजन श्रेष्ठले निजी क्षेत्रलाई सरकारले सँगसँगै लैजानु पर्ने बताए । निजी क्षेत्रले रोजगारी सिर्जना गरेर अगाडि बढेको बताउँदै मेयर श्रेष्ठले आर्थिक मन्दीले व्यवसायीलाई गाँजेको अवस्थामा सरकारले स्रोत परिचालन गरेर, करको दायरा घटाएर जानुपर्ने बताए ।

भेटघाट कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघकाका पूर्व अध्यक्ष एवं केन्द्रिय सदस्य मोहनप्रसाद श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शरणउत्सुक सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं केन्द्रिय सदस्य ताराबहादुर कार्कीले उद्योग व्यवसायीको हितका विषयमा आफ्नो धारणा राखेका थिए ।

भेटघाट कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघले नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारीलाई रानीमहल र पाल्पाली ढाकाटोपी सहितको मायाको चिनो प्रदान गरेका थिए ।

पाल्पा उद्योग वाणिज्य संघका ३० जना पदाधिकारीहरुको टोली यही चैत ४ देखि ८ गतेसम्म अध्ययन भ्रमण गरी नुवाकोटमा फर्किएका छन् । विहिबार नुवाकोट साततले दरबार लगायत भैरवी मन्दिरको दर्शन अवलोकन गरेका थिए । साथै साततले दरबार पुनर्निर्माण नभएकोमा चिन्ता व्यक्त गरे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल