काठमाडौं–नुवाकोट सदरमुकाम विदुरमा मैत्रीपूर्ण फुटबल खेल भएको छ ।

विदुर सदरमुकाममा रहेको बिन्द्रला टिम र गणेश टिम बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा दुवै टिमले ३–३ गोल गरी बराबरीमा खेल सकिएको थियो ।

शनिबार बिहान नुवाकोट आदर्श बहुमखी क्याम्पस प्रांगणमा भएको खेल विदुर सिटी युवा क्लबले आयोजना गरेको हो । मैत्रीपूर्ण फुटबल खेलमा नुवाकोट फुटबल संघका अध्यक्ष देवनारायण चित्रकार र विदुर सिटी युवा क्लबका अध्यक्ष सुनिल श्रेष्ठले रेफ्रि रामकुमार कोइरालालाई बल हस्तान्तरण गरी खेलको सुरुवात गरिएको थियो ।

फागुपूर्णिमाको अवसरमा उक्त मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए । साथै विदुरवासी बीच फुटबल खेलबाट एकआपसमा जोड्दै आपसी भाईचारा सम्बन्धको विकास गर्ने र खेलप्रति लगाव भएकालाई समेटर खेलाडीहरुको उत्पादन गर्ने लक्ष्य समेत रहेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

उक्त मैत्रीपूर्ण खेल अवलोकन गर्न विदुरनगरपालिकाका २ का वडाध्यक्ष दिपक कायस्थ, वडा ४ का वडाध्यक्ष निलमबाबु ढुंगेल लगायत स्थानीयवासीको सहभागी भएका थिए । यस्ता मैत्रीपूर्ण फुटबल खेलले स्थानीयलाई उत्साह थपेको एक स्थानीयले बताए ।

यो वर्षको चैत ११ गते अर्थात आइतबार फागुपूर्णिमा रहेको छ ।

सरकारले आइतबार फागुपूर्णिमाको अवसरमा सार्वजनिक विदा समेत दिएको छ भने गृह मन्त्रालयमार्फत फागुपूर्णिको अवसरमा संमियतमीत भएर फागु पर्व मनाउन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले जबरजस्ती एकअर्कालाई रंग दल्न र पानी भरिएको लोला नहान्न अनुरोध गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल