काठमाडौं–नुवाकोट सदरमुकाम विदुरलाई लक्षित गरेर नयाँ खानेपानी योजना सुरु भएको छ ।

वर्षात्को समयमा खानेपानीको समस्या झेल्दै आएका विदुरवासीले अब बाह्रै महिना खानेपानी उपलव्ध गराइने गरी विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले जनाएको छ ।

स्वच्छ खानेपानी उपलव्ध गराउन उक्त नयाँ योजना थालिएको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले बताए । सिएबि कम्पनीले एकवर्षभित्रमा निर्माण सम्पन्न गर्ने जनाएको छ । विदुरनगरपालिका वडा २ शेरास्थित तादी खोलाको किनारबाट सम्वेल प्रविधिबाट खानेपानी संचालन गर्न लागिएको हो । लिफ्ट प्रणालीबाट पानी उपलव्ध गराई बताइएको छ । खानेपानीको स्रोतदेखि उपभोक्तासम्म खानेपानी सुनिश्चित गरी थप विस्तारित योजना सुरु गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।

वर्षायाममा फलाखु खोलाको मुहानमा बाढी र पहिरोले क्ष्ँति पुर्याएर मुहान अवरुद्ध हुने समस्या समाधन हुने विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष श्रेष्ठले आयोजना निर्माण सफल भएपछि पिपलटार क्षेत्रका उपभोक्ताहरुले झेल्दै आईरहेको धमिलो खानेपानीको समस्याबाट मुक्त हुने बताए । यो योजनाबाट तादी खोलाको पानी बट्टार र विदुरमा रहेको ट्यांकीमा खानेपानी आपूर्ति सहज हुने छ । असारदेखि असोजसम्ममा विदुरवासीलाई सुरक्षित खानेपानी वितरणको सुनिश्चित हुने उनले बताए ।

आयोजनाले २ सय र ३ सय घनमिटरको ट्यांकी निर्माण गर्ने, १ ट्यांकी फिल्टर प्रविधि माध्यमबाट पिपलटार क्षेत्रमा खानेपानी वितरण गरिने जनाएको छ । तादी खोलादेखि बट्टारमा रहेको ट्यांकीसम्म ११ किलोमिटर ८४ मिटरको पाइपलाइन बिछ्याइने छ । उक्त खानेपानी योजना लागत १० करोड ३३ लाख रुपैया रहेको छ ।

२०५३ सालमा स्थापना भएको संस्थाले विदुर नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६, ८ र ९ नम्बर वडाका ४ हजार ५ सय घरधुरीका २५ हजार जनसंख्यालाई खानेपानी सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल