काठमाडौं–नुवाकोट सदरमुकाम विदुरनगरपालिका ४ स्थित लक्ष्मीनारायण मन्दिर संरक्षण समितिले लक्ष्मीनारायणको रथ यात्रा गरेको छ ।

फागुपूर्णिमाको अवसरमा धार्मिक अनुष्ठान गरी पञ्चेबाजा सहित विदुरनगरपािलकाका मेयर राजन श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, स्थानीय, सुरक्षा निकाय, श्रद्धालुभक्तजन सहित रथयात्रामा सरिक भएका थिए । उक्त रथलाई विदुरबजार र टोल परिक्रममा गरी पुनः मन्दिरमा प्रवेश गराएका थिए ।

आइतबार बिहान समितिका अध्यक्ष मनोरथ श्रेष्ठले मन्दिरमा कर्ताको रुपमा ब्रम्हाण सहित होम तथा पूजा गरी सकेपछि रथयात्रा थालिएको थियो ।

प्रत्येक वर्ष फागुपूर्णिमाको दिन लक्ष्मीनारायण मन्दिरको वार्षिकत्सव, महास्थान र रथयात्रा कार्यक्रम गर्दै आएको समितिका सचिव नवराज पाण्डेले जनाए । श्रद्धालुभक्तजनले रथ तथा मन्दिरमा पूजाआजा गर्न भीड लागेको थियो । आएका भक्तजनलाई समितिले प्रशाद प्रदान गरेका थिए ।

लक्ष्मीनारायण मन्दिर २०३४ सालमा स्थापना भई रथयात्रा थालिएको हो ।

काठमाडौ लगायत पहाडी जिल्लामा मनाइयो फागु पर्व

फागुपूर्णिमा (होली) पर्व आइतबार पहाडी जिल्लाहरुमा रङ खेलेर मनाइएको छ । आफन्त र साथी बीच एकआपसमा रंग दलेर खुशी साटासाट गर्ने मनाइएको हो । आइतबार सरकारले सार्वजनिक बिदा पनि दिएको थियो ।

काठमाडौं उपत्यकाको हनुमानढोकास्थित बसन्तपुर प्रांगणमा फागुपूर्णिमाको अवसरमा ठूलो मेला झैं लागेको थियो । त्यहाँ फागु खेल्न स्वदेशी र विदेशी समेत थिए । रंगमात्र नभई प्लाष्टिक र बेलुनका लोला र पिचकारीबाट पानी छ्यापाछाप गरेर फागु खेलेर रमाइलो गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल