काठमाडौं–काठमाडौं महानगरपालिका ५ स्थित हाडीगाउँमा खडगसिद्धि पचली भैरव बाह्र बर्षे देवगण नाच सकिएको छ ।

गत फागुन २७ गते साँझ देवदेवी आगमन भएका भए । त्यसपछि हाँडीगाउँस्थित सत्यनारायण मन्दिर परिसरमा रहेको नवदुर्गाबाट देवगण निस्केका थिए । त्यसपछि पूजा र नेवारी बाजा सहित हााडीगाउँ डबली आए । त्यसपछि नाट्यश्वरी मन्दिर लगायत वरिपरिको मन्दिरहुँदै टुँडालदेवी (वैष्णोदेवी) मन्दिर परिक्रम गरेर हााडीगाउँ डबलीमा आईपुगेका थिए । राति देवगणले नाच गरेका थिए ।

फागुन २८ गते भक्तजनहरुले देवगणको डबलीमा पूजाआजा गरे । त्यसपछि देवगण नाच सुरु भएको थियो ।

सिंहदरबार अगाडिको भद्रकाली, गणेश, ब्रम्मायणी, रुद्रयणी, इन्द्रयणी, नारायणी, बालकुमारी, बज्रबाराही, पचली भैरव बाजा अनुसार नाचेका थिए ।

खासमा यो नाच मात्र नभई राति पचली भैरवले राजासँग खड्ग साँट्ने सिद्धि प्राप्त गर्ने गर्छन् । यसबाट देशको रक्षाको लागि राजाले भैरवसँग खड्ग साँट्छन् ।

उक्त देवगण नाच पूजा व्यवस्था समितिको नाईके सुरेश मालाकारले देशको रक्षाको लागि राजालाई खड्ग साँट्ने र खासमा खड्ग सिद्धि जात्रा भएको बताए ।

‘यो शक्तिप्रदान गर्ने हो,’ उनलेभने,‘राम्रोसित देशमा शान्ति छाओस् भन्ने हो । १२ वर्ष एकपटक पचली भैरवले चाहिं राजालाई शक्ति प्रदान गर्ने हो । खासमा राजालाई हो अहिले राष्ट्रपति छन् । रितिरिवाज अनुसार नियममा बस्नु पर्छ । उहाँ(राष्ट्रपति)लाई दिनै नहुने होइन् । नियममा रहेर चाहिं मिल्छ ।’ पूजा व्यवस्था समितिको नाईके मालाकारले भने ।

देवगणलाई हाँस र अन्तिममा सेतो भेंडाको वलि प्रदान गरिएको थियो । बलिप्रदान गरेपछि भक्तजनहरुले पूजा र आरती गरेका थिए ।

राति भद्रकाली नाचपछि जात्रा सकिएको थियो । यो नाचको आयोजना कामनपा ५ हाँडीगाउँले गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल