नुवाकोट–पूर्वराष्ट्रपति रामवरण यादवले शिक्षाको विकासको लागि सबै जना प्रण गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

पूर्वराष्ट्रपति यादवले भने,‘अभिभावक, समाज र शिक्षकलाई ह्दयदेखि अनुरोध गर्न चाहन्छु कि जबसम्म तपाईले लिड(नेतृत्व) लिन हुन्न जिल्लाको स्कूललाई एक नम्बर स्कुल बनाउछु । यो देशलाई नमूना स्कूल बनाउछु । यो स्कुलको विद्यार्थी शतप्रतिसत पास गर्छ, जबसम्म तपाईहरुले प्रण गर्नुहुन्न । तबसम्म स्कुललाई राम्रो गर्न सक्नुहुन्न ।’

उनले शुक्रबार लिखुगाउँपालिका ४ चौघडास्थित क्षेत्रपाल माविको ५० औ स्वर्ण जयन्तीको उद्घाटन कार्यक्रममा बताएका हुन् । उनले स्कुलको भौतिकपूर्वाधार राम्रो रहेकोमा खुशी व्यक्त गरे । उनले विभिन्न उतारचढावबाट अहिलेको लोकतान्त्रिक गणतन्त्र आएको बताउँदै संविधानलाई जनताको आशिर्वादले र राजनीतिक पार्टीहरुका प्रतिनिधिहरुले कसरी व्यवस्थापन गरेर देशको भविष्य कसरी निर्माण गर्छन् भनेर प्रतिप्रश्न समेत गरे ।

पूर्व राष्ट्रपति यादवले भने,‘कानुनको शासनलाई व्यवस्थित गर्दै देशको विकास गरोस् भनेर शुभकामना साथ यहाँका भाईबैनीकोहरु जो छन् । त्यो भोलिको भविष्य हो । त्यसलाई राम्रो शिक्षा दिने सरकारकोतर्फबाट र समाजकोतर्फबाट हुनैपर्नेमा जोड दिए । विद्यालयको स्थापना कालदेखि अहिलेसम्म अहिलेसम्मका योगदान गर्ने व्यक्तित्वहरुलाई उनले ह्दयदेखि शुभकामना समेत दिए । उनलेभने,‘यो देशको भविष्य बनाउन तपाईहरुले ईटा राख्नु भएको थियो । यो अवस्थामा स्कुल आइसकेको छ ।’

पूर्वराष्ट्रपति यादवले कार्यक्रमस्थल स्कूलको प्रशंसा समेत गर्दै भने,‘चारैतिर हेर्दानै आनन्द लाग्छ । खेतमा हरियो धान छ । म कृषकबाट आएको हुनाले खेतमा धान र पानी देखेर आनन्द लाग्छ ।’ उनले नुवाकोटका कृषिकर्मकमा लागेका गणेश थापाले फलाएको ड्गान फ्रुटस्को निरिक्षण तथा अवलोकन समेत गरेका थिए । उनले तराईमा फल्ने तुलसी धान र नुवाकोट शिखरबेसीको ‘समुद्रफिनी’ चामल स्वाद आफ्नो स्मरण रहेको बताए ।

स्वर्ण महोत्वस २०८० मा पूर्व राष्ट्रपति यादवले पानसमा बत्ति र केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले नुवाकोटले माध्यमिक तह सञ्चालनको ५० वर्ष पुगेको अवसरमा ‘क्षेत्रपाल स्वर्ण महोत्सव स्मारिका २०८०’ प्रकासन गरिएको थियो । उक्त स्मारिकको विमोचन पूर्वराष्ट्रपति यादवले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकासशरण महतले चीनीयाँ सहयोग जारी रहे आगामी ६ वर्षभित्र टोखा–छहरे सुरुङमार्गको सुरुवात हुने बताए । उनले अर्थमन्त्री छंदा विकासका कार्यक्रमलाई जोड्दिएको बताए ।

कार्यक्रम प्रधानाध्यापक हरिप्रसाद सुवेदीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले कार्यक्रममा लिखित शुभकामना मन्तव्य वाचन गरेका थिए ।

त्यसैगरी कार्यक्रममा संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसी, बागमती प्रदेशसभा सदस्य तथा नेका नुवाकोट जिल्ला सभापति रमेशकुमार महत, एमालेका जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश मन्त्री बद्री मैनाली, नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, रास्वपाका निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार भएका प्रद्युम्न महत, क्षेत्रपाल अलम्नाई एसोसिएशनका अध्यक्ष विक्रम तिमिल्सिना, पूर्व विद्यार्थी लाओस राईलगायतले शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी पूर्वशिक्ष्ँक रेखा भण्डारी जो २६ वर्ष पूरा सोही विद्यालयमा योगदान गरेकी थिइन् । उनले आफ्नो धारणा राख्दै भनिन्,‘यही पढेको पढाएको, कमाउनु र कमाएर रमाउनु मात्र होइन गर्न सकिन्छ भने कसै अरुको भलो गर्नुपर्छ भनेर मैले मान्यता लिएको लिएको छु ।’ उनले आफ्ना स्व. मातापिता देवीबहादुर भण्डारी गंगादेवी स्मृतिमा अक्षय कोष विद्यालयका प्रअ र व्यवस्थापन समितिलाई संयुक्तरुपमा १ लाख रुपैयाँ नगद प्रदान गरी अक्षष कोष हस्तान्तरण गरिन् । उनलाई विद्यालयले सम्मान गरेको थियो ।

त्यसैगरी कार्यक्रममा पूर्व नेपाली शिक्षक विष्णुप्रसाद धितालले कविता वाचनमार्फत अहिले भईरहेको व्यवस्थाप्रति व्यङय टिप्पणीको कविता रोचक वाचन गरेका थिए । विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । विद्यालयको भवन उद्घाटन समेत गरिएको थियो ।

सम्मानित हुनेमा जग्गादाता, अक्षयकोषदेखि शिक्षक–विद्यार्थीसम्म
२०७९ सालको गणित विषयमा ४ जिपी प्राप्त गरेका सुनिधि भट्टराई र गणित विषयमै ४ जिपी अंक प्राप्त गरेकी प्रनिशा अगस्तीले प्रशांसापत्र प्रदान गरिएको थियो ।
विज्ञान विषयको प्रयोगात्मक तथा प्रर्दशनीमा जिल्लास्तरमा विद्यालयको पहिचानलाई उच्च बनाएवापत विज्ञान शिक्षक गोपाल बस्नेतलाई सम्मान गरिएको थियो ।

शिक्षकहरु योगदानको कदर गर्दै रामकुमार ढकाल, कृष्णकुमार गिरी, सुशीलकुमार खरेल, बबिन श्रेष्ठ, कुलप्रसाद न्यौपाने, सुनिता श्रेष्ठ, सुशिला राई, बलराम प्याकुरेल, विन्दा केसी, यादव लामिछाने, विद्यालयका कर्मचारी तथा लेखापाल अर्जुनप्रसाद, दीर्घसेवा बैकुठ राई शम्भुराम पाण्डे लगायतलाई सम्मान गरिएको थियो ।

स्कूलका पूर्व विद्यार्थीहरु चिकित्सक सुदन ढकाल, डा.विक्रम तिमिल्सिना, प्रशासनीक क्षेत्रको उच्चतहमा पुगेका हिमप्रसाद न्यौपाने, चिकित्सक सुदन पाठक, इन्जिनियर हरिशरण अधिकारी, दिपकराज लामिछाने, रामकुमार गिरी, ईन्जिनियर दिपेन्द्र श्रेष्ठ, सुनिल राई, इन्जिनियर कृष्ण न्यौपाने, इन्जिनियर सुदर्शन भण्डारी, अनुप अधिकारी लगायतलाई सम्मान गरिएको थियो ।

पूर्वविव्यस अध्यक्षहरुमा क्रमशः महानन्द ढकाल, ईश्वरकुमार रावत, ध्रुव श्रेष्ठ स्व.सुवर्णकुमार राई तथा उनका परिवार, शिक्षक–अभिभावक संघका पूर्व अध्यक्षहरु क्रमशः रमेश खनाल, रामचन्द्र अगस्थी, तुलसी राईलाई सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा पूर्व शिक्षकहरु क्रमशः रामहरि भट्टराई, स्व. रामचन्द्र भण्डारी, नारायण श्रेष्ठ, खमलाल तिमिल्सिना, राजु मिजार, विन्दा अधिकारी, प्रमिला अधिकारी, गोकर्णराज ढकाल, विष्णुप्रसाद धिताल, पूर्णलक्ष्मी ढकाल, विजया भट्टराई, कोपिला राई, भैरवबहादुर अधिकारी, अर्जुन गिरी, लोचन नेपाल, सरस्वती भट्ट, गायत्री खतिवडा, शुभद्रा अधिकारी (लिखु गापा उपाध्यक्ष), जयनारायण पण्डित (सप्तरीका), बालकृष्ण भट्ट, रुपक नेपाल, ज्ञानेन्द्र पाठकलाई समेत सम्मान गरिएको थियो ।

त्यसैगरी विद्यालयमा कार्यरत सहायक प्रधानाध्यापक शिवराम ढकाल, सप्रअ बलराम प्याकुरेललाई समेत सम्मान गरिएको थियो ।

विभिन्न संघसंस्थालाई कार्यक्रम कदरपत्रव्दारा सम्मान गरिएको थियो । सम्मानित हुने संघसंस्थाहरुमा क्रमशः मोर्गन इन्टरनेसनल कलेजका बलराम लामिछाने, ज्योति विकास बैक, माछापुच्छे« बैक, सिन्धु विकास बैक लिमिटेड, नुवाकोट शितभण्डार प्रालि गंगटे, खरेल ट्रडे एण्ड सर्भिस सेन्टर, क्षेत्र अल्मनाई एसोसिएसन, रुम टु रिड नेपाल, कृषि विकास बैक लिमिटेड, विगस् हार्डवेयर एण्ड जनरल सप्लार्यस्, गौरा कन्ट्रक्सन प्रालिका सूर्यप्रसाद अधिकारी, गुलिभर्स वल्र्ड प्रालिका उत्तम श्रेष्ठ, सुनिता मोवाइल सेन्टरका वासुमान श्रेष्ठ, दुर्गालक्ष्मी निर्माण सेवाका दिपकराज न्यौपाने, बालाजु कन्ट्रक्सन प्रालिका विष्णुप्रसाद पाठक, भैरवी अटोमोवाइल मधुकुमार अधिकारी छन् । सम्मानपत्रबाट सम्मानित हुनेमा क्षेत्रपाल अल्मनाईका सदस्य मधु अधिकारी, क्षेत्रपाल स्टेसनरी एण्ड बुक सेन्टरका रामशरण देवकोटा, क्ष्ँेत्रपाल अलम्नाईका उपाध्यक्ष गणेश थापा, क्ष्ँेत्रपाल अलम्नाई सचिव राजीव न्यौपाने रहेका छन् ।

त्यसैगरी खेलकुदतर्फ सम्मानित हुनेहरुमा रन्जिता राई, प्रतिका राई, डेनिश राई, जनम अगस्ती, धनमाया राई, सुष्मा पुलामी मगर, मुनाल राई, सनम राई, आस्था राई छन् भने खेल शिक्ष्ँक अमित राई समेत सम्मानित भएका छन् ।

२०७२ सालमा आएको महाभुकम्पले ध्वस्त भएको स्कूललाई अष्टेलिया बस्दै आएकी लिखु ४ की दुर्गा न्यौपानेले विद्यार्थी अध्ययन गर्न टिएलसीको निर्माणका लागि १ लाख २५ हजार रुपैयाँ सहयोग प्रदान गरेकोमा उनलाई विद्यालयले सम्मान गरेको छ ।

त्यसैगरी अनवररुपमा स्कूलको कार्यमा सहयोगीभूमिका निर्वाह गर्ने शम्भुराम कार्की, गंगा पाण्डे र बैकुण्ठ राई सम्मानित भएका छन् ।

त्यसैगरी स्थापनाकालमा विद्यालयको शैक्षिक क्षेत्रमा उच्चयोगदान गर्ने संस्थापकहरु शम्भुप्रसाद अधिकारी, हेमप्रसाद थपलिया, स्व.भगत श्रेष्ठलाई सम्मान गरिएको छ । त्यसैगरी स्व.नरबहादुर राई, स्व.लिलानाथ तिवारी, स्व.वीरबहादुर राई राजदल, तेजप्रसाद अधिकारी, स्व. अणबहादुर राई सम्मान गरिएको छ ।

त्यसैगरी पूर्वप्रअ. फुलप्रसाद श्रेष्ठ, कृष्णबहादुर राई सम्मानित भएका छन् । विद्यालयलाई जग्गा उपलव्ध गराउने जग्गादाता स्व.मिनबहादुर मल्ल, स्व.युद्धप्रसाद लामिछाने, जग्गादाता स्व.रुद्रबहादुर शाह, जग्गादाता श्यामप्रसाद लामिछाने सम्मानित भएका छन् ।

विगतमा निमित्त तथा विश्वप्रसाद अधिकारी, निमित्त प्रअ. विष्णुप्रसाद तिवारी, विश्व अधिकारी सम्मानित भएका छन् ।
अक्षयकोषका संस्थापक तथा उद्धव पाठक अक्षय कोषका ज्ञानेन्द्रप्रसाद पाठक, दशमीप्रसाद कोषका फुलप्रसाद, रमिला कोषका तिलबहादुर राई, दुर्गादेवी पौडेल अक्षयकोषका भगवान पौडेल लगायतका व्यक्तित्वहरु सम्मानित भएका छन् ।

कार्यक्रम क्षेत्रपाल माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा प्रधानाध्यापक हरिप्रसाद सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।कार्यक्रममा शिक्षक तथा विद्यार्थीले नृत्यु प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल