नुवाकोट–राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचार मौलाएको र दिनानुदिन देश आर्थिक रुपमा टाट पल्टन लागेको र पाटीले राखेको ४० बुद्धे माग सरकारले सम्बोधन नगरेको भन्दै जनआन्दोलनमा उत्रिन आम समुदायलाई आव्हान गरेको छ ।

शुक्रबार नुवाकोटको विदुर ४ स्थित हावाघरमा आयोजित कार्यक्रममा नेताहरुले नुवाकोटवासीलाई जनआन्दोलनमा होमिन आम समुदाय मार्फत जागरणसभा गरेका हुन् ।

राप्रपाका नेताहरुले यथास्थितिमा सरकार रहिरहे आगामी दिनमा देशको अवस्था भयवाह हुने बताएका छन् । यसरी बोल्नेमा केन्द्रिय निर्देशन समिति अध्यक्ष डा.प्रकासचन्द्र लोहनी, पार्टीका महामन्त्री धवल शमशेर जबरा, सांसद संसदीय प्रमुख सचेतक ज्ञानेन्द्र शाही, पार्टीका सहमहामन्त्री झनक प्याकुरेल, सहायक महामन्त्री दिपककुमार राई, प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय अध्यक्ष अन्जना शाह रावल, केन्द्रिय सदस्यहरु भरत पाठक, जनक पाठक, नानीमैयाँ आचार्य, अष्ठमाया लामा, केशव भेटवाल लगायतले आफ्नो धारणा राखेका थिए ।

आमसभा राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गीको सभापतित्वमा भएको थियो । कार्यक्रम संचालन राप्रपा पाटी सचिव महेश डंगोलले गरेका थिए ।

यही चैत २७ गते काठमाडौ केन्द्रित आन्दोलनलाई लक्षित गरी राप्रपाले जागरण सभा गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल