नुवाकोट–नुवाकोटमा ६७ औं राष्ट्रिय सहकारी दिवस अन्तरसंवाद गरी मनाइएको छ ।

उक्त दिवसको अवसरमा वर्तमान अवस्था र सम्भावित उपायहरु विषयक अन्तरसंवाद गरिएको थियो । सहकारीमा सुशासनः प्रविधि र एकिकरण भन्ने नाराका साथ वागमती प्रदेश सहकारी संघ लिमिटेड ललितपुर र जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको आयोजनामा उक्त संवाद कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वागमती प्रदेश सहकारी संघ लिमिटेड ललितपुरका अध्यक्ष रामशरण घिमिरे, राष्ट्रिय प्रतिनिधि तथा पूर्व जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष बैकुण्ठ मिश्रले वर्तमान अवस्थामा सहकारीप्रतिको आमजनमानसमा केही व्यक्तिका बदमासीले सहकारी प्रतिको नकरात्मकता थपेको बताउँदै हल्ला गरिएको जस्तो सहकारी धरासायी नभएको बताए ।

वागमती प्रदेश सहकारी संघ ललितपुरका अध्यक्ष घिमिरेले बागमतीमा ८० लाख सहकारी सदस्य रहेको बताउँदै ७७ मा ११ वटा जिल्लाका २ सय संस्थाले बेमान र अपराध गरेकाले समस्या सहकारीमाथि समस्या आएकाले उनीहरुलाई कानुनी दायरामा ल्याइने बताए ।

सहकारीका राष्ट्रिय प्रतिनिधि तथा पूर्व जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष मिश्रले नुवाकोटमा २०१३ सालबाट सहकारी स्थापना भएको बताउादै ६ सय सहकारी मध्ये ४५० वटा सहकारी क्रियासिल रहेको जनाए ।

कार्यक्रम उत्कृष्ट सहकारी संस्था म्यागङगाउँपालिका ४ किम्ताङमा रहेको शहिद प्रतिमा स्मृति बहुउद्देश्यीय सहकारी संस्थाले सम्मान पाएको छ ।

त्यसैगरी सहकारी अभियान क्रियाशील भई लागिपरेको नयाँ वस्ती कृषक कृषिसहकारी संस्थाका अध्यक्ष विवेक ढकाललाई सहकारी अभियन्ताबाट सम्मानित गरिएको थियो । सम्मानित भएका ढकाल जिल्ला सहकारी संघ लिमिटेड लिखुगाउँपालिका समन्वय उपसमितिका अध्यक्ष तथा बिउबिजन, फलफुल तथा तरकारी केन्द्रीय संघ संचालक छन् ।

त्यसैगरी विदुरनगरपालिका–४ बट्टारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव मिश्र उत्कृष्ट संचालकबाट सम्मान, विदुरनगरपािलका १ को शुलक्षणा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापाक सुनिल बज्राचार्यलाई उत्कृष्ट व्यवस्थापक र बाँडिचुडी सामाजिक उद्यमी महिला सहकारी संस्थाका विद्या पाण्डे बोगटीलाई उद्यमी महिला सहकारीबाट सम्मानित गरिएको छ । त्यसैगरी यो वर्षको सहकारी छात्रवृत्ति च्वाडी पब्लिक मावि कक्षा १२ मा अध्यनरत छात्रा सुजिना डंगोललाई प्रदान गरिएको छ । त्यसैगरी सहकारीलाई व्यवस्थित गर्न सकिने बारेमा कोसिश नामक सफ्वेयरका प्राविधिकले आफ्नो जानकारी गराए ।
सहकारी प्रशिक्ष्ँक कुमार खत्रीले सहकारीको उद्देश्य, महत्व, फाइदाका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वागमती प्रदेश सहकारी संघ लिमिटेड ललितपुरका पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन, सचिव देवराज न्यौपाने, लेखा संयोजक नेत्रराज पौडेल, लेखा समिति सदस्य लक्ष्मी गिरी, सहकारी प्रशिक्ष्ँक कुमार खत्री र राधेश्याम दुवाल, व्यवस्थापक रुपक घिमिरे, जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपाने, उपाध्यक्ष शिवप्रसाद अधिकारी, सचिव प्रकास अधिकारी, सहसचिव ओमप्रकास श्रेष्ठ र कोषाध्यक्ष अरुणकुमार श्रेष्ठ सहभागी थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल