नुवाकोट–नेपाली कांग्रेस नुवाकोट जिल्ला संगठन विभागले अर्धवार्षिक पत्रिका मार्गनिर्देश प्रकासन गरेको छ ।
नुवाकोट जिल्ला कार्यसमितिका सचिव तथा संगठन विभागका प्रमुख श्रीराम श्रेष्ठको सम्पादनमा प्रकासित उक्त पत्रिकाको विमोचन कांग्रेस केन्द्रिय प्रवक्ता तथा पूर्वमन्त्री प्रकासशरण महतले गरेका थिए । साथै उक्त कार्यक्रममा २०८१ सालको भित्तेपात्रोको समेत विमोचन गरिएको थियो ।
नेता महतले सबैसँग मिलेर राम्रो कामको उजागर गर्दै सकरात्मक सोचका साथ अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आव्हान गरे । विमोचन कार्यक्रममा कांग्रेस नुवाकोट सभापति रमेशकुमार महत, उपसभापति राजु थापा लगायतले आफ्नो धारणा राखेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !