काठमाडौं–नुवाकोट जिल्लाको बेलकोटगढीनगरपालिकाको बाघखोरमा निर्माण गर्न लागिएको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङले स्वस्तिक वाचन सहित शिलान्यास गरेका छन् ।
स्थानीय तह निर्माण भएदेखि नगरपालिका बाघखोरको सामुदायिक भवनमा रहेर सेवा प्रदान गर्दै आएको छ ।
नगरपालिकाका अनुसार नवनिर्मित भवन लागत १२ करोड ७४ लाख २७ हजार ८८ रुपैयाँ रहेको छ । उक्त भवनमा ४ तलाको ३८ कोठे हुने बताइएको छ । उक्त भवन निर्माण आगामी दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । उक्त भवनको निर्माण अम्बे माँ न्यू टेक र शुभलक्ष्मी काठमाडौंको जेभीले गर्न गत मंसिर दोस्रो साता ठेक्का सम्झौता गरेको थियो ।
नयाँ बन्न्ने भवनबाट जनताका सबै सेवा प्रभावकारी ढंगले प्रदान गर्ने शिलान्यास कार्यक्रमा नगरप्रमुख गुरुङले जनाए । शिलान्यास कार्यक्रममा नगरकार्यसमितिका पदाधिकारीहरु लगायत स्थानीयवासी समेत उपस्थित थिए ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !