नुवाकोट–विपद् व्यवस्थापन र नागरिकता प्रदान गर्नेबारेमा तादीगाउँपालिकामा अन्तरक्रिया गरिएको छ ।
विहिबार जिल्ला समन्वय समिति नुवाकोटले आयोजना गरेको विपद् व्यवस्थापन सम्बन्धमा स्थानीय तहसँग अन्तर्किया कार्यक्रममा स्थानीयवासीले प्रत्यक्ष रुपमा जोडिएको नागरिकता लिने र सिफारिसका सवालमा धेरै समस्या झल्नु परेकाले वडास्तरबाट सेवाग्राहीले ती समस्याको अन्त्यका लागि यो अन्तक्रिया गरिएको जिसस प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले बताए ।
कार्यक्रममा तादीगाउँपालिकावासीले विपद्का घटना व्यवहार्नु परेकाले समयमा ती विपद्बाट सचेत रहेर तयारी भई रहनुपर्ने उनले कार्यक्रममा बताए । त्यसैगरी जिसस उपप्रमुख दलबहादुर तामाङ विपद्का लागि स्थानीय तहले आफ्नो र स्थानीयवासीको लागि आवश्यक पर्ने जनशक्ति र तयारीबारे सचेत गराए । अहिलेको समय आगलागीको बढी जोखिम हुने भएकाले साना कुरामा समेत ध्यान दिएर काम गर्न सके जोखिम न्यूनीकरणमा सघाउ पुग्ने उनले बताए ।
त्यसैगरी तादीगाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षता भएको उक्त अन्तरक्रियामा तादीगाउँपालिका रहेको खरानीटारलाई विपद् तयारीको लागि आवश्यक पर्ने जनशक्तिसहितको वस्तुहरु, औषधीजन्यवस्तुहरुले वरिपरिका गाउपालिकालाई आवश्यक पर्दा परिचालन गर्नको लागि खरानीटारलाई केन्द्र बनाएर अगाडि बढ्नुपर्ने बताए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले विपद् व्यवस्थापन लगायतका कार्यमा जिल्ला समन्वय समिति र स्थानीय तह बीचको समन्वयमार्फत पालिकाहरुले विपद् योजना बनाएर विपद् न्यूनीकरणका लागि जुनसुकै बेला तयारी भएर बस्न आग्रह गरे । प्रजिअ अधिकारीले वडाध्यक्षहरुले नागरिकता प्राप्तिका लागि सेवाग्राहीलाई दिइने नागरिकता सिफारिसपत्र, नाबालिकका लागि दिइने सिफारिस, जन्मदर्ता लगायतका सिफारिसका कानुनी प्रावधान, त्यसले तोकेको ढाँचाको प्रयोग गरी सचेत भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । प्रजिअ अधिकारीले आफनो कार्यपत्र प्रस्तुत गर्दै नागरिक प्राप्ति ऐनको व्यवस्था, अंगिकृत नागरिक लिने प्रावधान, कस्ता व्यक्तिलाई नागरिकता सिफारिस गर्ने, आमाको नामबाट र वंशजका आधारमा कस्ता व्यक्तिलाई सिफारिस दिने, नामथरमा केही समस्या भए कसरी समाधान गर्नेबारे कार्यक्रम उपस्थित वडाध्यक्ष, वडासचिव, पालिकाका पदाधिकारीलाई अन्तरक्रियामा प्रष्ट्याइदिए थिए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी संस्थागत व्यवस्थापन, विपद् व्यस्थापन कोष लगायतकाबारे जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाईंले आफनो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ, तादीगाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, जिसस सदस्यहरु, पालिकाका शाखा प्रमुख र कार्यालयका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमकाे प्रमुख अतिथि जिसस प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीले ब्यानर पढेर बिपद ब्यबस्थापन कार्यक्रम उद्घाटन गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !