काठमडौं–सुनसरी जिल्ला प्रशासन कार्यालयले ५ पालिकामा कफ्र्यु लगाएको छ ।

स्थानीय प्रशासन कार्यालयका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले इनरुवा नगरपालिका, हरिनगरगाउँपालिका, देवानगंज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिका क्षेत्रमा कफ्र्यु आदेश जारी गरेका हुन् ।

शुक्रबार अपरान्ह ५ बजेदेखि लागू हुने गरी कफ्र्यु लगाइएको स्थानीय प्रशासनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सुनसरीको भुटाहामा दुई समूहबिचको झडपले उग्ररुप लिएपछि त्यसको असर अन्य पालिकामा पनि पर्न नदिन अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो ।

भुटाहामा शुक्रबार भएको झडपमा परी चार जना घाइते भएका छन् । भडप नियन्त्रण बाहिर गएपछि प्रहरीले ४ दर्जनभन्दा बढी अश्रुग्याँस र हवाई फायर गरेको थियो । झडपमा सुरक्षा निकाय र प्रदर्शनकारी गरी दुईदर्जन भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, ¥याली, भेला जम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न र नगराउन उल्लेख छ । यसअघि हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको थियो ।
सो क्षेत्रमा विहिबार पनि एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल